श्रीराम जेन्स पार्लरबाट चम्कदै

प्रकाश सिग्देल
चितवन जेठ ३१ । कामलाई बिश्वास गर्न नसक्नेहरुको जमात देशमा बढिरहेका बेला पार्वतिपुर चितवनका युवा श्रीराम सिग्देल (शुलभ) उदाहरणीय पात्र बनेका छन् ।
पढेकाहरुले देशमा श्रम गरेर खान नहुने बिदेश गएर थ्रि डि अर्थात (डिफिकल्ट्, डटी, डेन्जर ) काम गर्न हुने गलत संस्कारबाट प्रशिक्षीत भएका युवाहरु सटिफिकेट बोकेर विदेशी दुतावास धाईरहेका बेला सिग्देलले सानो लगानीबाटै मासिक १ लाख बढि आम्दानी गरेका छन् ।
भरतपुर चौबिसकोठीमा उनको पपुलर जेन्स पार्लर रहेको छ । साथमा उनले त्यहाँ कपाल काट्ने तालिम पनि दिँदै आएका छन् । विए सम्मको अध्ययन गरेका उनी नेपालमै केही गरेर वस्दा गौरव महसुस गरिरहेका छन् ।

मलेसियामा केही वर्ष पसिना बगाएका उनले त्यहाको भोगाइृबाट पिडा भएपछि आफनै ब्यवसाय सुरु गरेका हुन् ।
हातमा सीप भएर पनि नेपालमा के सामान्य काम गर्नु भनेर कामलाई सानो ठान्नेहरु आजका दिनमा आखाबाट आसु चुहाउदै घरपरिवारसँग विछोडिदै गर्दा सिग्देलले परिवारसंगै हातमा हात मिलाउदै आफनो ब्यवसायलाई दिनानु दिन सिखरतर्फ अगाढी बढाईरहेका छन् । जाँगर नचलाउने र कामलाई सानो भन्नेहरुको लागि अहिले सिग्देल उदाहरणीय पात्रका रुपमा देखिन्छन् ।
करिव ४ वर्ष देखी उनि यो व्यवसायमा रमाएका छन् । उनको पार्लरमा बिहान ६ देखी साझ ९ बजे सम्म भिड हुनेगरेको छ । यो पेशामा आम्दानी पनि राम्रो रहेको उनी बताउँछन् । उनको पार्लरमा आउनेहरु पालोमा पर्खेर सेवा लिनुपर्छ । एक घण्टा देखी पालो लाएर बसेको भरतपुरका अमित खड्काले बताए ।
दिनको १५ घण्टा उनी दाह्रीकपाल काट्ने, कपाल रंगाउने, डेडलक गर्ने काममा व्यस्त हुन्छन् ।

उनको व्यवस्ततामा श्रीमतीले (सुस्मिता) पनि साथ दिँदै आएकी छन् । ‘मलाई घर परिवारबाट पनि पूर्ण सहयोग छ, त्यसैले म ढुक्क संग ब्यवसाय गरेको छु सिग्देल भन्छन् । पैसा कमाउने सबै भन्दा राम्रो ब्यवसाय यही रहेछ ।
उनको पार्लरमा कपाल काट्ने मात्रै नभै दारी कपाल काटेपछी टाउको नुहाईदिने, कपाल ओभाना पारिदिने काम पनि गरीन्छ जसले एक पटक आएको ग्राहक पटक पटक आउने उनि बताउछन् । उनले युवाहरुका लागी तालिम पनि दिने गरेका छन् । हाल सम्म ६४ जनाले यहाँबाट तालिम लिइसकेका छन्, सिग्देलले भने,‘कतिपय विदेश गएका छन् केहीले आफुकहा सिप सिकेर अष्टे«लिया गएर पार्लर खोलेका छन् केही यही पेशा गरेर समेत बसेका छन् ।’

महिला र पुरुष दुवैका लागि उपयोगी हुने गरी तालिम दिने गरिएको उनले बताए । ‘मानिसहरु अहिले मेरो पार्लर धाइरहेका हुन्छन्, उनले भने,‘नेपाली दाजुभाइले संचालन गरेको भनेर पनि धेरैले माया गर्ने गर्छन ।’ उनले अहिले दुई जनालाई रोजगार पनि दिएका छन् । नेपालमै केही गर्छु भन्नेका लागि उनले तालिम दिएबापत केही मात्र रकम लिन्छन् । ‘सिप सिकेर विदेश जान्छु भन्नेसँग २० हजार सम्म लिने गरेको उनि बताउछन् ।

‘अव म पनि केही दिनमा आफनै गाउमा यस्तै पेशा गर्दैछु, हाल त्यहाँ कार्यरत विष्णु मगरले भने,‘बिदेशमा दुख पाएपछि आफु स्वदेश्मै केहि गर्नका लागी सिप सिक्न आएको बताउछन् उनी युवाहरुलाई स्वरोजगार बनाउने अभियानमा आफू रहेको भन्दै सिग्देलले सरकार र अन्य सरोकारवाला संघ संस्थाले पनि तालिममा सहयोग गरे जिल्लामा थुप्रै सीपयुक्त युवा उत्पादन गर्न सकिने बताए ।