माडी घरबहालको अध्यक्षमा पत्रकार सूर्यको नेतृत्व

चितवन, ३० जेठ । नेपाल घरबहाल उपभोक्ता उपभोक्ता मञ्च माडीको अध्यक्षमा
सूर्यप्रसाद पाठक निर्विरोध चयन भएका छन् । पाठकको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । उनी पत्रकार पनि हुन् । उनी माडाीबाट सौराहा अनलाईन, सिनर्जी एफएम, पारदर्शी दैनिक, एभिन्यूज टेलिभिजन, आभास टेलिभिजनको संवाददातासगैँ  पत्रकार महासंघ चितवनका सदस्य तथा प्रेस सेन्टर चितवनका उपाध्यक्ष पनि हुन् ।
सोमबार सम्पन्न पहिलो अधिवेशनबाट उपाध्यक्षमा गुणराज सुवेदी, सचिवमा सरिता महतो अपेक्षा चयन भएका छन् । यस्तै सहसचिवमा नारायण सुवेदी, कोषाध्यक्षमा उमा सापकोटा चयन भएका छन् । यस्तै सदस्यमा दीपेन्द्र न्यौपाने र यमप्रसाद ल्यागुन चयन भएका छन् ।

यस्तै ५ सदस्यीय सल्लाहकार समितिमा रामेश्वर महतो, विगुवा साह कानु, ईश्वरी चापागार्इं, रेशमलाल आचार्य, सोमनाथ ओझा छन् । अधिवेशनको उद्घाटनमा नेपाल घरबहाल उपभोक्ता मञ्चका अध्यक्ष दुर्गाप्रसाद गौतम, महासचिव पाण्डव ढकाल, विवाद समाधान उपसमिति संयोजक पवित्रा जोशी, सदस्य विस्तार उपसमितिका संयोजक हरिप्रसाद पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । माडी शाखाका अध्यक्ष सूर्यप्रसाद पाठकले घरबहालसम्बन्धी समस्या निराकरण गर्न तथा सहजीकरण लागि पर्ने बताए ।