चितवनका नेता तथा व्यवसायीले गृहमन्त्री शर्मालाई भने– ‘उज्यालो प्रशासन बनाउनुहोस्’

काठमाडौँ, २८ जेठ । गृहमन्त्री जनार्दन शर्मा (प्रभाकार)लाई उज्यालो प्रशासन बनाउन चितवनका नेता तथा व्यवसायीहरुले माग गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हुदाँ उर्जा मन्त्री बनेका शर्मा पुनः काग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा गृहमन्त्री बनेपछि ज्ञापनपत्रसगैँ शुभकामना तथा बधाई दिन काठमाडौँका आएका नेता तथा व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।


प्रचण्ड सरकारमा उर्जा मन्त्री भई लोडसेडिङ्ग अन्त्य गर्दै उज्यालो नेपाल बनाएका शर्माले अब प्रशासन क्षेत्रलाई समेत उज्यालो बनाउनुपर्ने उनीहरुको भनाई थियो ।
उनीहरुले प्रशासन क्षेत्र पारदर्शी नहुदाँ जनताले पाएको सास्ती अन्त्य गर्न पनि नेपालमा उज्यालो प्रशासनको खाँचो रहेको बताएका थिए ।
सो कार्यक्रममा बोल्दै कालिका नगर कमिटिका नगर ईन्चार्ज रामध्वज डल्लाकोटी (विवेक)ले मुलुका व्यप्त लुट, घुसखोरी र भष्ट्राचारीलाई तत्कालै कडा कार्वाही गर्ने नीति बनाउन सुझाव दिए ।
यस्तै नेकपा माओवादी केन्द्र पूर्वी रत्ननगर नगर कमिटिका नगर संयोजक राजु अम्गाई (सुबोध) ले माओवादीको नीति र सिद्धान्तलाई आत्मसाथ गर्दै उज्यालो प्रशासन मार्फत मुलुकलाई चम्काउनु पर्ने बताए ।
यसैगरि राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरका अध्यक्ष पुरु खनाल (अब्बल)ले यहाँ व्यप्त प्रशासनिक भष्ट्राचार नियन्त्रयण गर्दै उज्यालो प्रशासन बनाउन आग्रह गरेका थिए । उज्यालो नेपालको जन्मदाताका रुपमा परिचित शर्माले अबका दिनमा प्रशासकीय कार्यलाई जनताले महसुस गर्ने गरि सुधार गर्नुपर्नेमा खनालको जोड थियो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले आफु जनताको हितका सदा तप्पर रहेको बताउदै उज्यालो प्रशासन बनाउन आफुले कुनै कसर बाकी नराख्ने बताए । उनले भष्ट्राचारबको जालोमा फसेको प्रशासनलाई मिसन उज्यालो प्रशासन अभियानका साथ अगाडी बढ्ने प्रतिवद्धाता समेत व्यक्त गरे ।
कार्यक्रममा उवासंघ रत्ननगर सल्लाहकार गोपीकृष्ण श्रेष्ठसहित पत्रकारको टोली सहभागी थिए ।