ट्रक दुर्घटनामा १० घाइते, चालक गम्भीर

चितवन,  जेठ २४  ।  चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा बुधबार बिहान ट्रक दुर्घटनामा १० जना घाइते भएका छन्।

चितवनको मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको सामान बोकेको ट्रक बिहान करिब ८ बजेको समयमा दुर्घटना भएको हो।
ट्रक आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको र अहिले घाइतेहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा परेका मध्य ट्रक चालक पर्साका २८ वर्षीय विनोद कुमार साहको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित मनकामना केबलकारको गेटनजिकै ट्रक दुर्घटना भएको प्रहरीको भनाइ छ।