महिला सिप विकासका लागि लैंगिक समावेशिकरण तालिम भरतपुरमा शुरु

चितवन, २० जेठ । महिला सिप विकासका लागि लैंगिक समावेशिकरण तालिम शुक्रबार बाट भरतपुरमा शुरु भएको छ । महिला शसक्तिकरण तथा परिवर्तनशिल संस्थाले आयोजना गरेको २१ दिने व्यवसाय सचेतना तथा लैंगिक समावेशिकरण तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ ।

]तालिमको शुक्रबार उद्घाटन गर्दै जिल्ला समन्वय समितिका सामाजिक शाखा प्रमुख रामहरी न्यौपानेले महिलाहरुलाइ उद्यमशिल बनाउन तालिम महत्वपुर्ण रहने विश्वास व्यक्त गरे । लैंगिक समावेशिकरणबाट मात्रै विकास सम्भव रहेको भन्दै उनले महिला र पुरुष एक अर्काका परिपुरक भएको वताए । तालिममा लगनशिलता प्रदर्शन गर्न उनले सहभागि महिलाहरुलाइ आग्रह गरे ।

महिला शसक्तिकरण तथा परिवर्तनशिल संस्था नेपाललकी अध्यक्ष संगिता भट्टराईले तालिमबाट सिकेको सिपलाइ व्यवहारमा उतार्न आग्रह गरिन् । सिपबाट मात्रै महिलाको आर्थिक उन्नति हुन सक्ने उनको भनाइ थियो । उनका अनुसार तालिममा मुडा बुन्ने, कुचो बनाउने, ¥याक बनाउने लगायतका सिपहरु सिकाइने छ । सिप सिकेका महिलाहरु कसैको दबाबमा बस्नु नपर्ने र देशैका आर्थिक स्तर बृद्धिमा महत्वपुर्ण भुमिका खेल्न सक्ने उनले वताइन् । महिला आत्मर्भिरताका लागि सिप विकासका तालिम निरन्तर गर्दै जाने उनको भनाइ छ । सिटिईभिटी कार्यक्रम अन्तर्गत व्यवसाय सचेतना तथा लैंगिक समावेशिकरण तालिमको आयोजना गरिएको गंगाराम कलेजका व्यवस्थापक खेम बहादुर दर्जीले जानकारी दिए । सहभागि महिलाहरुलाइ बरिष्ठ उद्यम विकास सहजकर्ता सुनिता गुरुङ, शान्ति दाहाल र नन्दलाल न्यौपानेले प्रशिक्षण दिने छन् । सिप विकासबाट महिलाहरुलाइ नेतृत्वमा ल्याउन पनि तालिम महत्वपुर्ण रहने आयोजकले जनाएको छ ।