मानव वेचविखन रोक्न चितवनमा नारी संरक्षण नेपाल

चितवन, १६ जेठ । चितवनमा मानव वेचविखन कार्य निरुसाहित गर्न नयाँ संस्था स्थापना भएको छ ।
विशेष पिछडीएका वर्गहरुका चेलीहरुलाई मानव तस्करहरुले जालो पारेको भन्दै उनीहरुलाई कडा कार्वाहीसगैँ ति चेलीहरुको संरक्षण गर्न नारी संरक्षण नेपाल नामक संस्था स्थापना गरिएको हो ।


आज हरेक चली उद्दारमा एक पाईला अघि सारौँ, मावन वेचविखन अपराधिका कार्य उन्मुलन गरौँ भन्ने नारासहित २०७३ साल कार्तिक नारी संरक्षण नेपाल नामक संस्था स्थापना गरेको संस्थाका अध्यक्ष लोकेन्द्र वि.क.ले जानकारी दिए ।
स्थापनाको छोटो अवधिमा नै आफुहरु वेचविखन कार्यसगैँ श्रम शोषणमा परेका मकवानपुर, बाकेँ, झापा, तनहुँ, नवलपरासी लागतयका ३३ जना चेलीहरुलाई उद्दार गरि भरतपुर २ क्षेत्रपुरमा संरक्षण गरि राखेको उनले बताए ।
संरक्षण गरिएका चेलीहरुलाई पढ्न चाहेका १२ जनालाई विद्यालय भर्ना गरि पठाईएको र बाकीँलाई जीवन उपयोगी शिक्षा प्रदान गरेको संस्थाका सचिव रञ्जित गहतराजले बताए ।
यसैविच संस्थाले आज एक कार्यक्रम गरिएको परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर वडा नम्बर २ का नवनिर्वाचित अध्यक्ष पूर्ण बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महिला तथा बालकालिका कार्यलयकी अप्सर देवकोटा, संस्थाका सल्लाहकार लोकनाथ बञ्जारा लगायतको सहभागीता थियो ।