वुद्धि खगी दान स्मृति पुरस्कार ४ जनालाई

चितवन जेठ १६ । बुद्धि, खगी, दान स्मृति राष्ट्रिय प्रतिष्ठान नेपाल चितवनले कला साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने आइतवार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

चितवनको तत्कालीन गीतानगर गाबिसमा आफ्नो जीवन रहुन्जेल समाजसेवामा समर्पित रहनु भएका समाजसेवी स्व. बुद्धिसागर बास्तोला तथा उनका धर्मपत्निहरु खगिमाया र दानकुमारीको स्मृतिमा उनकी छोरी साहित्यकार सुमित्रा पौडेल आचलको अग्रसरतामा सम्मान कार्यक्रम गर्न लागिएको सम्मेलनमा जानकारी दिईएको छ ।

बुद्धि, खगी, दान स्मृति राष्ट्रिय प्रतिष्ठान नेपालले बर्सेनी कला साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जना व्यत्तित्व र परोपकारका क्षेत्रमा क्रियाशिल एक जना व्यक्तित्वलाई चितवनमा सम्मान गर्न लागेको हो । प्रतिष्ठानले जेठ २० गते कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा गर्ने सम्मान कार्यक्रममा साहित्य र परोपरकार क्ष्ोत्रमा योगदान पु¥याउनु भएका २ जना समाजसेवी र दुई जना साहित्यकारलाई सम्मान सहित पुरस्कृत गरिने जानकारी दिईएको छ ।

जसमा साहित्यकार तथा समालोचक सदानन्द अभागी, कथाकार तथा समाजसेवी रुकु कार्की, वरिष्ठ समाजसेवी एबीसी नेपालका अध्यक्ष दुर्गा घिमिरे र समाजसेवी तथा साहित्यकार श्रीभक्त अच्युत वाग्लेलाई संयुक्त रुपमा सम्मान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

यस अघि प्रतिष्ठानले २०६९ सालमा बिबिसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र र साहित्यकार प्रेमविनोद नन्दनलाई सम्मान गरेको थियो । त्यसगैरी २०७१ सालमा साहित्यकार उषा शेरचन र परोपकारका क्षेत्रमा योगदान पु¥याउनु भएकी मिना खरेललाई प्रतिष्ठानले यसअघि सम्मान गरिसकेको प्रतिष्ठानकी अध्यक्ष इन्दिरा देवी शर्र्मा अर्यालले जानकारी एि ।