हिमाल क्लबको रक्तदान

चितवन, जेठ १३ । हिमाल युबा क्लब भरतपुर १३, चम्पानगरको आयोजनामा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । बरण्डाभार उपभोक्ता समितिका अध्यक्ष देबराज सापकोटोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि सापकोटाले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा ३८ जना पुृरुस र ४ जना महिला सहीत ४२ जनाले रक्तदान गरेका कार्यक्रम सयोजक रमना पण्डित ले जानकारी दिनुभयो ।
क्लबको बार्षिक कार्यक्रम अन्र्तगत यस कार्यक्रम गरिएको क्लबका अध्यक्ष केशब देबकोटाले जानकारी दिनुभएको छ । क्षेत्रिय रक्तसञ्चार केन्द्र भरतपुरका ६ जना प्राबिधिकको सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।