मिटरबाटै विद्युत चोरी गर्ने विभिन्न ५ जना ग्राहकलाइ विद्युत प्राधिकरणको कारबाही, १३ जना ग्राहकको हुकिङ हटाइयो

कुल काफ्ले
चितवन, ९ जेठ । मिटरबाटै विद्युत चोरि गर्ने विभिन्न ५ जना ग्राहकलाइ विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले कारबाहि गरेको छ । चालु आर्थिक बर्ष ०७३/७४ को १० महिनाको अवधिमा विद्युत चोरी गर्ने जम्मा ५ जना ग्राहकलाइ विद्युत प्राधिकरण भरतपुरले कारबाही गरेको हो ।

उनिहरुबाट २ लाख २८ हजार ३ सय २१ रुपैंया राजस्व संकलन गरिएको छ । त्यस्तै १३ जना ग्रँहकको हुकिङ हटाएकोमा ३ जनालाइ कारबाहि गरिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका फांट प्रमुख सुनिल पौडेलले जानकारी दिए ।

उनिहरुबाट ८२ हजार १ सय ७७ रुपैंया असुलि गरिएको उनको भनाइ छ । सानो क्षमताको स्विकृति लिएर ठुलो क्षमताको एम.सि.सि.वि. चलाउने विद्युतका ग्राहकहरुलाइ पनि विद्युत प्राधिकरणले कारबाहि गरेको छ । एम.सि.सि.वि. को विषयमा ज्ञान भएर वा राजस्व छलि गर्ने उदेश्यले स्विकृति भन्दा ठुलो क्षमताको एम.सि.सि.वि. राख्ने गरिएको पौडेलले वताए ।

सानो क्षमताको स्विकृति लिई ठुलो क्षमताको एम.सि.सि.वि. राख्ने ग्राहकहरुले ७ हजार १ सय २० किलोवाट विद्युत चुहावट गरेको पौडेलको भनाइ छ । प्राधिकरणका अनुसार १० केभिए क्षमताको एम.सि.सि.वि. राख्ने ग्राहकले बढिमा १६ केभिए सम्मको एम.सि.सि.वि राख्न पाउने छ ।

१० केभिए क्षमताको एम.सि.सि.वि. विद्युत लोड धान्न नसक्ने भएपछि कतिपय ग्राहकले बजारबाट २५ देखि ३२ केभिए सम्मको एम.सि.सि.वि. लगाउने गरेको पाइएको छ । स्विकृति विनाका एम.सि.सि.वि. लगाउंदा प्राधिकरणलाइ राजस्व संकलनमा घाटा लाग्ने पौडेल वताउंछन् ।

७ हजार १ सय २० किलोवाट विद्युत चुहावट गर्ने विभिन्न ग्राहकहरु बाट १६ लाख ४३ हजार रुपैंया असुलि गरिएको छ । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार विद्युत मिटर बन्द भएका ग्राहकहरुबाट ११ लाख २४ हजार २२ रुपैंया असुलि गरिएको छ ।