बादरमुढेलाई टुरिजम पार्क व्यवहारबाटै बनाउनेसगैँ ४१ बुदेँ प्रतिवद्धतापत्र अनुसार काम गरेर देखाउछु माडी मेयर : ठाकुर ढकाल (भिडियोकुराकानीसहित)

राजेन्द्र आचार्य
चितवन, ६ जेठ । चितवनको माडी नगरपालिकाका मेयरले पदभार ग्रहण गरेका छन्। मेयरमा निर्वा्चित नेकपा माओवादी केन्द्रका ठाकुर ढकालसँगै एमालेतर्फबाट उपमेयर निर्वा्चित ताराकुमारी काजीमहतोले पनि पदभार ग्रहण गरेकी छन् ।
पदभार ग्रहणपछि मेयर ढकालले अब द्वन्द्व नभएर वकास निर्माणमा लाग्नुपर्ने बताए । उनले भने,’ द्वन्द्वको घाउमा मलम लागाउने हो, थप द्वन्द्व गरेर अब हुँदैन,’ ढकालले भने, ’त्यसैले विकास निर्माणमा लाग्नुपर्छ, यसमा सम्पूर्ण नगरवासीको साथ र सहयोगको अपेक्षा गरेको छु।’

 


माओवादी सशस्त्र द्वन्द्वको अन्त्यतिर माडीमा यात्रुबसमा बम विस्फोटका कारण अहिलेसम्म पनि त्यही घटना आलोचनामुक्त हुन नसकेको माओवादीबाट निर्वाचित भएका ढकालले द्वन्द्वका कुरा बिर्सेर विकासमा लाग्नुपर्ने बताएका हुन् ।
माडी बादरमुढे घटना १० बर्ष जनयुद्धको क्रममा भुलवस भएको भन्दै बादरमुढेलाई टुरिजम पार्क व्यवहाराटै बनाउनेसगैँ ४१ बुदेँ प्रतिवद्धतापत्र अनुसार काम गरेर देखाउने उनको थियो । ‘यस घटनामा अध्यक्ष कमरेड प्रचण्डले पनि पटक पटक माफी माग्नु भएको छ उनले भने, अब यसमा अतिरन्जीत गर्न पाईनदैन्, पिडितका विषमा अब गम्भीर छु ।’
उनले माडीको सुक्का ग्रस्त क्षेत्रमा पिउने पानी उपलब्ध गराउन आफु विशेष रुपमा लागि पर्ने बताए । यस्तै रिउँमा जनताको तटबन्ध बनाएर बहुआयामिक फलफुल खेती, बास खेती र घासमैदानको रुपमा विकास गर्ने आफ्नो योजना समेत सुनाए । यस्तै माडीमा रहेको अस्पतालको स्तर उन्नतीसगैँ क्याम्पस, विद्यालय, बाटोघाटो सुधार पनि आफ्नो विशेष एजेण्डा भएको बताए ।
उनले सबै नगरवासीको साथ र सहयोगबाट नगरको मुहार फेर्ने समेत उद्घोष गरे ।

सो अवसरमा ढकालले बादरमुडे जस्ता द्धन्दकालिन मुद्दा उठाएर चुनावि प्रपोगान्डा रचिय पनि आफुले सबैलाई मिलाएर सन्तुलित हिसाबले माडीको बिकासमा लाग्ने दोहोराएका छन् ।  ईकोस्मार्ट माडी आफ्नो प्रतिबद्धता रहेकोले पुन र्मिाण, नवनिर्माण र दिगा ेनिर्माणको छुट्टाछुट्टै रणनिति बनाउने ढकालको योजना रहेको छ । 
माओवादी आन्दोलनका अगुवासमेत रहेका ढकाल चितवन जिल्ला इन्चार्जसमेत हुन् । २०३१ सालदेखि राजनीतिमा सक्रिय ढकाल माओवादी अघि जनमोर्चाको राजनीतिमा क्रियाशील थिए । उनी साविक गर्दी गाविसको दुई पटक अध्यक्ष समेत बनि सकेका माडीका लोकप्रिय नेता हुन् । यसअघि निर्वाचितभएगैँ ढकाल जनताका घरघरमा पुगेर बधाई ग्रहणसगैँ विजयी उतसव बनाएका थिए । (तस्वीर र भिडियो सूर्य पाठक)