गैँडाकोट नगरमा एमाले विजयी

नवलपरासी, ०४ जेठ । नेपाली काँग्रेसको सबैभन्दा बलियो पकड क्षेत्र मानिने गैँडाकोट नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेल विजयी हुनुभएको छ ।

उपप्रमुखमा भने काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी बन्नुभएको छ । गैँडाकोटमा प्रमुखमा विजयी पौडेलले कुल ११ हजार ३ सय २ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गजेन्द्र आलेले ११ हजार ७८ हजार मत प्राप्त गर्नुभएको थियो ।

उपप्रमुखमा कुल ११ हजार ५ सय ५५ मत प्राप्त गरी काँग्रेसका विष्णु कँडेल सापकोटा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राधा पाण्डेले १० हजार ४ सय ५६ मत प्राप्त गर्नुभयो ।