लगातार २ वटा वडामा नै एमालेका देवी १ हजार ४ सय ९ मतले अगाडी

चितवन जेठ ३ । चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि भएको पछिल्लो मतपरिणाम अनुसार फेरि पनि एमाले आफ्नो अग्रतालाई कायमै राखेको छ । जस अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले १ हजार ४ सय ९ मतले अगाडी छन् ।

ज्ञवालीले ३ हजार ८ सय ७० भोट पाउदाँ माओवादी केन्द्रकी रेणु दाहालले २ हजार ४ सय ६१ मत पाएकी छन् ।

उपमेयरमा पनि एमोलेकी दिव्य शर्मा आचार्य अगाडी छन् ।

उनले ३ हजार ३ सय १३ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी पार्वती शाहले २ हजार ९ सय ७१ मत प्राप्त गरेकी छन् ।

भने राप्रपाका बद्री तिमिल्सीनाले २ सय ४८ र रिना गुरुगंले ३ सय ७ मत पाएकी छिन् ।