माडी र ईच्छाकामनामा मतगणना सुरु

चितवन, १ जेठ । चितवनको माडी नगरपालिका र ईच्छाकामना गाउँपालिकामा यतिवेला मतगणना  सुरु भएको छ । विहानदेखि बसेको सर्वदलिय बैठक सके लगत्तै यहाँ मतगणना सुरु भएको हो ।

इच्छाकामना गाउँपालिकामा ७६ दशमलव ४ प्रतिशत मत खसेको थियो । भने माडी नगरपालिका ७५ दशमलव ५४ खसेको थियो । इच्छाकामना गाउँपालिकामा ८ हजार ८ सय ९२ र माडी नगरपालिकामा १६ हजार ३ सय ७१, मत खसेको थियो । चितवनमा २ लाख ४० हजार १ सय ८६ कुल मत खसेको छ ।