तीन थान हतियार सहित आठ राउन्ड गोली बरामद

आनन्द पोखरेल
चितवन, २९ बैशाख । चितवन प्रहरीले तीन थान हतियार बरामद गरेको छ । प्रहरीले स्थानीय निर्वाचन २०७४ लाई मध्यनजर गर्दै गरेको सर्च अभियानका क्रममा ती हतियार बरामद गरेको हो ।

प्रहरी निरीक्षक निरञ्जन भट्टराईको टोलीले नारायणगढ र क्षेत्रपुरमा छापा मार्दा एक नाले २२ बोर बन्दुक र त्यसमा लाग्ने आठ राउन्ड गोली तथा अन्य दुई वटा एक नाले बन्दुक बरामद गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताउनु भयो ।