‘बदर नहुने तरिकाले मतदान गर्नुहोला’

केदार शर्मा
चितवन, २९ वैशाख । जिल्ला निर्बाचन कार्यलय चितवनले बदर नहुने तरिकाले मतदान गर्नुपर्ने बताएको छ ।
निर्वाचन अधिकृत हरिढकालले पत्रकारको जिज्ञासा मेटाउने क्रममा मतदान गर्ने तरिका थाहा नभए सिकेर मात्रै मतदान गर्न उनले अनुरोध गरेका छन् ।


उनले यसपटकको स्थानीय निर्वाचन ८३ दिनमै गराउन लागेकाले मतदातालाई आवश्यक मात्रामा शिक्षा दिन नसकेको स्विकार गर्दै । उनले निर्वाचन गराउन एक सय २० दिन आवश्यक पर्ने पनि बताए ।
ढकालका अनुसार निर्वाचनका सामग्री समयमै मतदान केन्द्रमा पुगिसकेको जानकारी गराउर्दै निर्वाचनलाई समपन्न गराउन सरकारी कर्मचारी उत्साहका साथ लागेको बताए ।
यता प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले निर्वाचनको तयारी पूरा भएको जानकारी गराउदै कसैको लोभ लालचमा नपरी मतदान गर्न अनुरोध गरे ।