७ ठाउँमा यसरी गर्नुपर्छ मतदान, भिडियोमा हेर्नुहोस्

 

चितवन, २९ वैशाख । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता शिक्षालाई पनि अघि बढाएको छ । ध्यानपूर्वक मत व्यक्त नगरेमा तपाईंको मत बदर हुन पनि सक्दछ ।

स्थानीय निर्वाचनमा प्रत्येक मतदाताले सात जना प्रतिनिधी छान्नुपर्छ । गाउँ प्रमुख वा नगरप्रमुखका लागि एक मात्रै स्वस्तिक चिन्ह दिनुपर्छ । ठाडो लाइनमा लस्करै रहेका उम्मेदवारहरू मध्ये एक जनलाई मात्रै भोट दिनुपर्छ ।
त्यस्तै प्रमुखको लाइनपछि रहेको अर्को ठाडो लाइनमा उपप्रमुख वा उपाध्यक्षका उम्मेदवारहरू हुन्छन् । त्यहाँ पनि एक जनलाई मात्रै भोट दिनुपर्छ ।

मतपत्रमा रहेको तेस्रोलाई वडा अध्यक्षको लाइन हो । त्यहाँ पनि एक जनालाई मात्रै मत व्यक्त गर्नुपर्छ ।
चौथो लाइन महिला वडा सदस्यको हो । त्यहाँ एक जना मात्रै महिला वडा सदस्यलाई भोट दिनुपर्छ ।

पाँचौ लाइन महिला दलित वडा सदस्यको लाइन हो । त्यहाँ पनि एक जनालाई मात्रै मत व्यक्त गर्नुपर्छ ।

छैठौं र सातौं लाईन अन्य दुई वडा सदस्यको लागि हो । सम्भवत त्यो लाइनमा पुरुष उम्मेदवार हुने छन् । ती दुई लाइनमा रहेका दुई जना उम्मेदवारलाई मात्रै भोट दिनुपर्छ । दुई लाइन मध्ये पहिलो लाइनकै दुई जनालाई पनि दिन सकिन्छ वा दोस्रो लाइनकै दुई जनालाई पनि दिन सकिन्छ ।

अथवा दुई वटा लाईनमा रहेका एक एक जनालाई मत दिँदा पनि हुन्छ । तर छैठौं र सातौं लाइनमा दुई ठाउँमा मात्रै स्वस्तिक चिन्ह लगाउनुपर्ने हुन्छ ।

स्वस्तिक छाप आफूले मन पराएको उम्मेदवारको चुनाव चिन्हको कोठामा लगाउनुपर्छ । र त्यो छाप अन्य कोठामा जानु हुँदैन ।

यसरी गाउँ वा नगर प्रमुखलाई एक, उपप्रमुखलाई एक मत नुपर्छ । उपप्रमुख चाहिँ महिला हुने सम्भावना रहन्छ ।
त्यस्तै वडा अध्यक्षलाई एक मत दिनुपर्छ । महिला वडा सदस्यमा एक मत र दलित महिला वडा सदस्यलाई एक मत दिनुपर्छ । अन्य दुई सदस्यलाई एकरएक मत दिनुपर्छ ।
यो भिडियो पनि हेर्नुहोस् ।

स्थानिय तह निर्वाचनमा मतदान गरी अा अाफ्नो मताधिकार सुरक्षित गरौ ।

Publié par Rame's Josee sur mardi 28 mars 2017