सवारी दुर्घटनामा चितवनमा १ सय ४१ जनाले ज्यान गुमाए

चितवन, २९ वैशाख । चालु आर्थीक वर्षको हाल सम्म चितवनमा १ सय ४१ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सबै भन्दा बढि भदौ महिनामा ३१ पुरुष, ३ महिला, २ बालक र १ बालिका गरी ३७ जनाको मृत्यु भएको हो ।
ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तका अनुसार २०१ वटा सवारी दुर्घटनामा परि १४१ जनाको मृत्यु भएको र ४८५ जना घाईते भएका छन् ।
उनका अनुसार चितवनमा दुर्घटनाको दर बढेको छ ।

गत आर्थीक वर्षको यस अवधिमा ७५ जनाको मृत्यु भएकोमा यो वर्षको हाल सम्ममा १ सय ४१ जनाको मृत्यु भईसकेकोले चितवनमा दुर्घटनाबाट मृत्यु हुनेहरुको संख्या बढ्दो क्रममा रहेको पन्तको भनाइ छ ।

सडक सुरक्षित नहुनु, सवारी साधनहरुले ट्राफिक नियमको पालना नगर्नु, सर्वसाधारणलाई सडक प्रयोगका सम्बन्धमा ज्ञान नहुनु र नारायणगढ भरतपुर लगायत चितवनका ब्यस्त बजारहरुमा अत्याधिक भिड बढनुका साथौ दुईपाग्रे सवारी साधन साईकल, मोटरसाईकल, स्कुटर लगायतका साधनको बढि प्रयोग हुने भएकाले पनि चितवनमा सवारी दुघटना बढेको उनले वताएका छन् ।
दुर्घटना न्युनिकरणका लागी ब्यस्त बजार तथा सडकमा आकासे पुल निमार्ण, सर्वसाधारण लाई ट्राफिक सचेतना र राजमार्ग गुणस्तरीय बनाउनु नितान्त आवस्यक रहेको पन्तको भनाई छ ।
ट्राफिकले सवारी दुर्घटना र त्यसबाट हुने क्षती घटाउन जिल्लाका विद्यालयहरुमा नै पाठ्यक्रम सञ्चालन गरि ट्राफिक शिक्षक समेत खटाएर विद्यार्थीहरुलाई ट्राफिक शिक्षा प्रदान गर्ने काम सुरु गरिसकेको छ ।
जिल्ला ट्राफिक प्रहरि कार्यालयले चालु आर्थीक वर्षको बैशाख २९ सम्म ३५ हजार ७ सय ५० सवारी कारबाहि बापत २ करोड ७० लाख ५५ हजार राजस्व समेत संकलन गरेको जनाएको छ ।