प्रचण्ड र देउवा परिवारवादमा : ओली

चितवन बैशाख २८ । नेकपा एमालेले पनि आज नारायणगढको पोखरावसर्पामा चुनावी सभा गरेको छ । सो सभामा अध्यक्ष केपी ओलीले वर्तमान सरकार विकास विरोधी भएको वताए ।

उनले वर्तमान प्रधानमन्त्री प्रचण्ड र काग्रेस सभापति देउवा परिवारवादमा रुमलिएकोले विकास गर्न नसक्ने दावी गरे । परिवारवादकै कारण भरतपुरको मेयरमा छोरी रेणु दाहाललाई उठाएको समेत उनले आरोप लगाए ।

उनले एमालेले विकासका कुरा गर्दा हास्ने पार्टीहरु अव एमालेको वहुमत आएपछि पुर्ण रुपमा समाप्त हुने दावी समेत गरे । अध्यक्ष ओलीले देश पुरै एमालेमय भएको भन्दै एमालेका मेयर र उपमेयरलाई भोट दिई विकासलाई रोज्न समेत आग्रह गरे। उनले आजै पूर्वी चितवनका विभिन्न भागमा समेत आमसभामा सम्वोधन गरेका थिए ।