लोकतान्त्रिक पार्टीकी उपमेयरकी उम्मेदवार निरुले भनिन् ः महानगरमा व्यवस्थिीत बधशाला निर्माण गर्छु

चितवन, २७ बैशाख । नेपाल लोकतान्त्रिक पार्टीकी उपमेयरकी उम्मेदवार निरु कार्की दिर्घकालिन योजनासहित महानगरमा व्यवस्थिीत बधशाला निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
स्थानिय तहको निर्वाचनका लागि घरदैलो अभियानका क्रममा वेलटाडीँको घरदैलोमा सम्बोधन गर्दै उनले माहानगर भईसक्दा पनि व्यवस्थिित बधशाला नहुदाँ स्थानियले दुर्गन्धीतको समस्या खेप्नु परेको भन्दै व्यवस्थिित वधशाला बनाउने बताएकी हुन् । साथै वातावरणमैत्री अभियान अभियान घरघरमा लागु गर्ने घोषण पनि गरिन् ।

सो अवसरमा बोल्दै माहानगरमा रहेको सुकुम्वासी समस्या समाधान गर्न उच्च स्तरीय आयोग बनाई एकमहिनामा नै हल गर्ने समेत बताईन् । साथै उनले आफु उमेयर भए माहानगरबाट कुनै पनि सुविधा नलिने दोहोर्याउदै आफुले पाउने सुविधालाई अक्षयकोण खडा गरि गरिब जनताको लागि खर्च गर्ने बताईन् ।

घरदैलो अभियानका क्रममा रिुले आज नारायणगढ बजार, केवि लाईन्, रामनगर, ठिमुरा, वारि देवघाट, वेलटटाडीँ वरमेली क्याम्प गोर्खाली टोल, हुदै गणेशस्थानमा आई कोण सभामा परितण भएको थियो । घरदैलोमा रिुसहित पार्टीका विद्यार्थी नेता विद्यार्थी नेता ऋृषिकेश थारु, स्थानिय नेता राजन कार्कीको सहभागीता थियो ।