संकट मोचनका लागि काँग्रेस आवश्यक : काग्रेस चितवन सभापति जीतनारायण

प्रस्ताव सुवेदी
चितवन, २७ बैशाख । हरेक प्रकारका संकट मोचनका लागि काँग्रेसको आवश्यकता नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताउनु भयो ।

आज रत्ननगरमा आयोजित मोटरसाईकल र्यालि पछिको चुनावि सभालाई संम्वोधन गर्दै श्रेष्ठले राष्ट्रका हरेक समस्या समाधानका लागि काँग्रसको आवश्यकता रहेको भन्दै स्थानिय तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराउनका लागि आग्रह गर्नु भयो ।

वडा नम्वर ५ मा आयोजित सभालाई सम्वोधन गर्दै सभापति श्रेष्ठले काँग्रेस विनाको कुनै व्यवस्था परिकल्पना गर्न सके पनि हुने बताउनु भयो ।
अहिले रत्ननगरको अवस्था पनि जर्जर रहेको भन्दै उहाँले अहिलेको अवस्थाबाट रत्ननगरलाई विकासमा पुर्याउनका लागि काँग्रेस वमहेक अन्यको विकल्प नरहेको समेत वताउनु भयो ।

२०५४ सालको स्थानिय निकायको निर्वाचनमा निर्वाचित जनताका प्रतिनिधिले जनताको काम गर्न नसकेका कारण अझै रत्ननगरको अवस्था उस्तै रहेको श्रेष्ठले वताउनु भयो । जनताले मेरो भन्ने नभई हाम्रो भन्ने व्याक्तिलाई चुन्नु आवश्यक रहेको उहाँले बताउनु भयो ।
सो अवसरमा वोल्दै व्यवस्थापिका संसद सदस्य शेषनाथ अधिकारीले विचार हाम्रो जित्न मान्छे हाम्रो हार्ने हुन नहुने भन्दै काँँग्रेसका उम्मेदवारहरुको विजयीले जनताले चाहेको विकास सम्भव हुने वताउनु भयो ।

अहिले काँग्रेसको सहभागितमा सरकार रहेका कारण निर्वाचन सम्भव रहेको भन्दै उहाँले हरेक समस्या समाधानका लागि र समग्र विकासका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको वताउनु भयो ।
सो अवसरमा नेपाली काँग्रेसका तर्फबाट रत्ननगर नगरपालीकाको प्रमुख र उपप्रमुख पदका प्रत्यासि रुपनराज घिमिरे र निता ढकालले जनताको भावना मिचेर कहिल्यौ काम नगर्ने प्रतिवधता समेत व्यक्त गर्नु भएको थियो ।

जनतको चाहना र ईच्छालाई सिरोपर गर्दै आफुहरु जनताको सेवक वन्ने समेत उहाँहरुले बताउनु भयो । वडा नम्वर ५ मा भउको कार्यक्रममा उहाँहरुले थारु समुदायको संसकृति वचाउनका लागि पनि काँग्रेसको समुह निर्वाचित हुन आवश्यक रहेको वताएका थिए ।
यसै गरि रत्ननगर नगरपालिका वडा नम्वर २, १६,१,३ लगाएतका वडाहरुमा नगर प्रमुख र उपप्रमुख सहितको घर दैलो, चुनावि सभा र मोटरसाईकल र्यालि लगाएतका कार्यक्रम भएको नेपाली काँग्रेस रत्ननगर नगर समितिका चुनाव प्रचार प्रसार समितिका संयोजक दिवाकर अर्यालले जानकारी दिनु भयो ।
निर्वाचनकै प्रचार प्रसारका क्रममा आज रत्ननगरमा महिला परिचालन समितिले अगुवा महिलाहरुको भेला सम्पन्न गरेको छ । भेलाले काँग्रेस समुहको विजयीका लागि गाउँ तह सम्मका महिलाहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।

घरमा वस्ने महिला देखि हरेका स्थानमा पुगेका महिलाहरुको संरक्षणका लागि नेपाली काँग्रेसले खेलेको भूमिकाको जानकारी गराउदै काँग्रेसमा भोट हाल्नका लागि प्रेरीत गर्ने भेलामा सहभागि महिलाहरुले वताएका छन् ।