तलवविनै महानगर विकासमा लाग्छु– कार्की

चितवन, वैशाख २६ ।  भरतपुर महानगरपालिकाको उप–मेयर पदमा नेपाल लोकतान्त्रिक पार्टी (फोरम)बाट उम्मेद्वारी दिएकी निरु कार्कीले विना तलब महानगर विकासमा लागिपर्ने प्रतिवद्धता गरेकी छिन् । चुनावी घरदैलो अभियानमा सक्रिय भएर लागेकी कार्किले भनिन्, “भत्ता मात्रै होइन, तलब विनै महानगरको विकासमा काम गर्नेछु ।”
मंगलबार बेलचोकमा आयोजित कोणसभामा उनले यस्तो प्रतिवद्धता जनाएकी हुन् ।

महानगरभित्र रहेको सुकुम्बासी समस्या हल गर्न विशेष आयोग र नीति बनाउन पहल गर्ने बताइन् । नारायणी र राप्ती नदीलाई तटबन्धन गरि पर्यटकीय गतिविधि सञ्चालनका लागि पूर्वाधार विकासमा जोड दिइने बताइन् । “नगरवासीको साथ पाएमा महानगरलाई समृद्ध बनाउन सक्छु”, उनले भनिन्, “विगतमा धेरैलाई परिक्षण गर्नुभयो, यसपाली अवसर दिनुस् ।”

मंगलबार लोकतान्त्रिक (फोरम) चितवनले त्रिचोक, मंगलपुर, फुलवारी, राधापुर, देवनगर, गौरीगञ्ज, पटिहानीका सहितका चोक–चोकमा घरदैलो गरेको थियो । नेपाल लोकतान्त्रिक पार्टी (फोरम) का राजन कार्कीले चुनावी अभियान तीव्र बनेको बताए ।