चितवनमा निर्वाचन लक्षित चेकजांचमा कडाई

कुल काफ्ले
चितवन बैशाख २६ । स्थानिय तहको निर्वाचनमा हुन सक्ने सम्भावित घटनालाइ न्युनिकरण गर्न सवारी चेकजांचमा कडाई गरिएको छ । यतिबेला जिल्लाका राजनितिक दलहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । हातहतियार ओसार पसार गर्ने देखि लिएर मापसे गरि सवारी चलाउने सवैलाइ प्रहरिले उच्च निगरानि राखेको छ ।

जिल्ला ट्राफिक प्रहरिले मादक पदार्थ सेवन गरि सवारी चलाउनेको चेक जांचमा कडाई गरेको ट्राफिक प्रहरि प्रमुख, प्रहरि निरिक्षक सन्तोष पन्तले जानकारी दिए । चेक जांचलाइ प्रभावकारी बनाउन नेपाल प्रहरी र ट्राफिक प्रहरिले संयुक्त चेकजांच कार्ययोजना बनाएको उनको भनाइ छ ।

स्थानिय तहको निर्वाचनलाइ लक्षित गरि अहिले ३ चरणमा सवारी चेकजांच हुंदै आएको छ । चेकजांचमा सिभिल प्रहरिले अबैध हातहतियार खोजतलासी गर्ने र ट्राफिकले शंकास्पद व्यक्तिको कागजपत्र र मापसे गरे नगरेको चेकिङ गर्ने उनले वताए ।

बिहान ७ बजे देखि ११ बजे, दिउंसो १ बजे देखि ५ बजे सम्म र राति ७ बजे देखि ११ बजे सम्म सवारी चेकिङ गरिंदै आएको पन्तले जानकारी दिए । उनका अनुसार रातको समयमा मोबाइल चेकिङको व्यवस्था गरिएको छ । निर्वाचनलाइ शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरिको बाक्लो उपस्थिति रहेको उनले वताए । बैशाख ३० गते राति १२ बजेदेखि ३१ गते राति १२ बजे सम्म सवारी साधन सञ्चालनमा रोक लगाइने उनले जानकारी दिए ।