नारायणी जग्गाद्धारा मानव सेवालाई खाद्यान्न सामग्री वितरण

चितवन, बैशाख २६ । नारायणी जग्गा तथा आवास व्यवसायी संघले मानव सेवा आश्रमलाइ खाद्यान्न सामग्री वितरण गरेको छ । संघको १० औं स्थापना दिवसको अवसरमा मंगलबार भरतपुर १० बाइपास रोडमा रहेको मानव सेवा आश्रमलाइ खाद्यान्न सामग्री वितरण गरिएको हो ।

आश्रमलाइ चामल ११ बोरा, तेल १ कार्टुन र आलु, प्याज, नुन, मसला खुर्सानी प्रदान गरिएको संघका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए । खाद्यँन्न सामग्री वितरण अघि भएको औपचारिक कार्यक्रममा बोल्दै संघका अध्यक्ष अधिकारीले जग्गा व्यवसाय संगै सामाजिक कार्य गर्न पाउंदा अत्यन्तै खुसि लागेको वताए ।

विभिन्न सडकपेटिहरुमा कष्टकर जिवनयापन गर्न विवश शारिरीक, मानसिक, अशक्त तथा सहयोगापेक्षी मानवहरुले मानव सेवा आश्रमले आश्रय दिंदै आएको छ । नेपाललाइ सडकमानव मुक्त बनाउन आश्रमले ठुलो भुमिका निर्वाह गरेको अधिकारीको भनाइ छ । मानवीयताको राष्ट्र निर्माणका लागि आगामि दिनहरुमा पनि खाद्यँन्न लगायतका सहयोग सामग्री आश्रमलाइ प्रदान गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । यस्तै सहयोगी मनहरु बाट नै समाजमा माया, दया र सद्भावको विज रोप्न सकिने भन्दै उनले संघले गरेको सहयोग आश्रमलाइ सदैव स्वागतयोग्य रहने वताएकी छन् ।