चितवनमा चट्याङ लागेर माओवादीका उम्मेदवार मृत्यु

 

चितवन, २६ वैशाख । चट्याङ लागेर चितवनमा एक स्थानीय तह उम्मेदवारको मृत्यु भएको छ ।

कालिका नगरपालिका वडा नं। ११ का माओवादी केन्द्रका उम्मेदवार सिफल प्रजाको मंगलबार बिहान चट्याङ लागेर ज्यान गएको हो ।


कालिका नगरपालिका – ११ खोलागाउँस्थित घरमै सुतिरहेका बेला बिहान ३ बजे परेको चट्याङ लागेर घाइते प्रजालाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

उनी कालिका नगरपालिकाको वडा नं। ११ को वडा सदस्य उम्मेदवार थिए ।

कालिका नगरपालिकाको ११ नम्बर वडा निकै विकट रहेकाले चट्याङले पुर्याएको क्षतिबारे जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रजाको मृत्यु भएकाले माओवादी केन्द्रले अर्को उम्मेदवार उठाउन सक्ने जानकारी दिए ।