भरतपुरको जब्का चौधरी बस्तीमा कृषि आधुनिकरण गर्ने रेणुको प्रतिवद्धता

चितवन, २५ बैशाख । चितवनको भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेणु दाहालले भरतपुरको वडा नं.२५ को जब्का चौधरी बस्तीमा कृषि आधुनिकरण गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्  ।

घरदैलो अभियानका क्रममा यहाँ आयोजित सभालाई बोल्दै उनले कृषिमा अब्बल बन्दै गएको जब्का बस्तीमा कृषि आधुनिकरण नहुदाँ समस्या आएको भन्दै यो क्षेत्रमा आफ्नो पहिलो प्रथामिकता कृषि आधुनिकरण हुने बताएकी हुन् ।
साथै आधुनिकरणसगैँ आफुहरुले सीप मुलक प्रशिक्षण गराउदै रोजगारीको ग्योन्टी समेत गर्ने बताईन् । यस्तै उनले सो क्षेत्रमा थारु संस्कृतिकको संरक्षण र प्रर्वद्धनसगैँ पर्यटनको विकास गर्ने बताईन् । घरदैलो कार्यक्रममा दाहालसगैँ माओवादी केन्द्र जिल्ला अध्यक्ष यमबहादुर परियार भरतपुर महानगर ईन्जार्च इश्वर सापकोटा सुमन लगायतको सहभागीता छ ।