भरतपुरलाई देशकै नमुना समार्ट सिटी बनाउने छु : रेणु दाहाल

चितवन, २४ बैशाख । माओवादी केन्द्रका तर्फबाट भरतपुर महानगरपालिकाका लागि मेयरको उम्मेदवार बन्नु भएकी रेणु दहालले भरतपुरलाई देशकै नमुना समार्ट सिटी बनाउने आफ्नो लक्ष्य रहेको बताएकी छिन् ।
पर्यटकीय नगरी पटिहानी भरतपुर २२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले निशुल्क स्वास्थ्य सेवा सहित महानगरका सबै वडामा १५ शैयाको अस्पताल निर्माण गर्ने आफ्नो पहिलो लक्ष्य रहेको बताईन् ।
उनले महानगरको मुख्य पर्यटकीय केन्द्रका रुपमा पटिहानी, जगतपुर र मेद्यौलीलाई विकास गर्दै एक घर एक पर्यटनकर्मीका रुपमा जनतालाई सक्रिय बनाउने समेत आफ्नो योजना रहेको बताईन् ।
पर्यटकीय र खेलकुद क्षेत्रमा अगाडि रहेको स्मरण गर्दै पर्यटन, सुचना प्रविधिको विकास र खेल क्षेत्रमा आमुल परिवर्तन ल्याउन आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिईन् । दाहालले चितवन आसपासका क्षेत्रलाई समेटेर देशकै बैकल्पिक राजधानी बनाउन पहल गर्ने र भरतपुर महानगरका सवै सडक कालोपत्रे, भित्रि र बाहिरी चक्रपथ निर्माण साथै सवै विद्यालयको भौतिक सुधार गर्ने कुरा आफुले घोषणा पत्रमा उल्लेख गरेको बताईन् ।