माओवादी केन्द्र खैरहनी नगरपालिका वडा नं ७ को घरदैलो कार्यक्रम

किशोर रिजाल
चितवन, वैशाख २४ । माओवादी केन्द्र खैरहनी नगरपालिका वडा नं ७ ले पनि आज घरदैलो तथा कोणसभा गरेको छ ।
वडा अध्यक्षका उम्मेदवार सीताराम महतोको नेतृत्वमा खैरहनीको मझुइ,सुर्तनी,सुर्तना लगाएतको क्षेत्रमा घरदैलो गरिएको हो ।
कार्यक्रममा खैरहनि नगरपालिमा माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार एकराज डल्लाकोटीले खैरहनी नगरपालिकालाई नमुना नगर बनाउने बताउनुभयो ।

नगरको विकासको लागी आफुले मेयरमा उम्मेलवारी दिएको बताउनुभयो । सामाजिक न्यायको लागी आफु क्रियाशील भएर लाग्ने बताउदै आफनो पार्टीलाई विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपमेयर पदकी उम्मेदवार रेवती उप्रेती ,वडा सदस्यका उम्मेदवार,सयौ कार्यकर्ताको सहभागिता रहेको थियो ।