नेपाली काँग्रेसको आग्रह : कार्यकर्तालाई निर्धक्क भएर निर्वाचनमा भाग लिन

चितवन, बैशाख २४ । खैरहनी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवारको गाडीमा शनिबार राति भएको पेट्रोल बम प्रहारको क्षेत्रीय समितिले भत्र्सना गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ ले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना उम्मेदवार राजेन्द्र प्रसाद चौधरीको गाडी नम्बर बा८च १५६२ मा भएको क्षतिको भत्र्सना गरेको हो ।

खैरहनी नगरपालिका वडा नम्बर ९ घर भएका चौधरीको सवारीमाथी शनिबार राति १२ बजेको समयमा पेट्रोल बम प्रहार गरिएको भन्दै यस्ता घटनाले काँग्रेस विचलीत नहुने विज्ञप्तीमा जनाइएको छ ।

क्षेत्रीय सभापतिद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकारसँग सुरक्षाको अनुभूति दिलाउन र घटनाको छानविन गरि सत्यतथ्य सार्वजनिक गरि कारबाहीको दायरामा ल्याउन नेपाली काँग्रेस हार्दिक अपिल गर्दछ ।’
यस प्रकारका क्रियाकलापबाट विचलित नभइ नेपाली काँग्रेसका सम्पूर्ण कार्यकर्तालाई चुनावी मैदानमा निर्धक्क भएर भाग लिन समेत विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।