कयर खोला सिचाई स्तरवृद्धि गरि पिठुवालाई कृषिको पकेट क्षेत्र बनाउने माओवादी मेयरको प्रतिवद्धता (भिडियोसहित)

सुजिता हमाल/ किशोर रिजाल 
चितवन, २४ बैशाख । पूर्वी चितवनको पिठुवा गाविसलाई कृषि उत्पादनको पकेट क्षेत्र बनाउने नेकपा माओवादी रत्ननगरका मेयर र उपमेयरका उम्मेदवार प्रतिवद्धा व्यक्त गरेका छन् ।
स्थानीय तहको निर्वाचनको लागि भोट माग्न नेकपा माओवादी केन्द्रले रत्ननगरको वडा नं १५ पिठुवामा आज घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार पूर्ण अम्गाई सुवोधले पिठुवालाई कृषिको पकेट क्षेत्र बनाएर प्राथमिकता दिएर विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


कयर खोला सिचाई आयोजनाको स्तर उन्नतीको अतिरिक्त भुमिगत सिचाई आयोजनाहरु निर्माण गरि कृषी क्षेत्रको आधारशीला निर्माण गर्ने उनले बताए ।
तरकारी एवंम फलफुल खेतीलाई व्यवसायिकरण गर्ने प्रतिबद्धता समेत जनाए ।
समग्र वडा र नगरलाई एक घर एक रोजगार बनाउ तथा नगरको समुन्त भविष्यको लागी माओवादी केन्द्रलाई विजयी गराउन मतदाताहरुलाई आग्रह गरे ।
नगरको समग्र आवश्यकता पहिचान गरी आफुले खाका बनाएको भन्दै माओवादी केन्द्रलाई जिताउनु पर्ने दावी गरे ।
सो अवसरमा उपमेयर पदकी उम्मेदवार संगिता भट्टराईले सम्पूर्ण जनताको उत्थानको लागी माओवादी केन्द्रलाई अत्याधिक मतले विजयी गराउनु पर्ने बताईन् ।
विपन्न, गरिब, सुकुम्वासी, दलित, जनजाति, महिलाको उत्थानको लागी क्रियाशिल भएर लाग्ने प्रतिबद्धता जनाईन्
भट्टराईले माओवादी केन्द्र विजय भए सम्पूर्ण गरिब जनताको उत्थानको लागि विशेष कार्यक्रम ल्याएर गरिवी निवारण गर्ने बताईन् ।
सम्पूर्ण वडा तथा नगरको समस्या समाधान गर्न आफनो पार्टी मात्र सक्षम भएकोले एक पटक माओवादी केन्द्रलाई जिताएर हेर्न मतदाताहरुलाई आग्रह गरिन् ।
हरेक क्षेत्रका जनतालाई सामाजिक न्याय दिलाउने तथा शिक्षा,कृषि,पर्यटन,सिंचाई लगाएतका क्षेत्रमा व्यापकमात्रामा विकास गर्ने दावी गरे ।
कार्यक्रममा वडा नं १५ का वडा अध्यक्षका उम्मेदवार द्रोण लामिछानेले वडालाई नमुना क्षेत्रको रुपमा विकास गर्न प्रतिबद्धता जनाए ।
उम्मेदवार लामिछानेले जनताको हरेक समस्या समाधनको लागी सक्रिय भएर काम गर्नको लागी आफूले वडा अध्यक्षको उम्मेदवारी दिएको बताए ।
कार्यक्रममा माओवादी केनद्रका केन्द्रिय सदस्यहरु विजय हमाल,हुतराज पन्त, वाईसिएलका प्रकाश पराजुली लगायत नेता तथा वडा सदस्यका उम्मेदवार सयौ कार्यकर्ताको सहभागिता रहेको थियो ।
आईतबार पनि आ–आफ्नो वडामा घरदैलो तथा मतदाता भेटघाटलाई निरन्तरता दिएका छन ।
माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवारहरु वडा नं. १ का गणेश पौडेल, वडा नंं २ नारायणकाजी श्रेष्ठ, वडा नं. ३ का कृष्णप्रसाद अधिकारी, वडा नं. ४ का प्रेम कुमार महतो, वडा नं. ५ का सीताराम श्रेष्ठ, वडा नं. ६ का विक्रम महतो, वडा नं. ७ का बुधराम महतो, वडा नं. ८ का झगरु महतो, वडा नं. ९ का मेघनाथ पौडेल, वडा नं. १० का ज्ञानेन्द्रराज पाण्डे , वडा नं १४ का विष्णु पोखरेल,वडा नं.१६ मा वडा अध्यक्षका उम्मेदवार पुरुषोत्तम लामिछाने लगायत वडा सदस्यका उम्मेदवारहरु, सयौ कार्यकर्ताहरुले घरदैलो तथा मतदाता भेटघाट गरेका थिए । उनीहरुले नेकपा माओवादी केन्द्रलाई जिताउन वडाका विभिन्न क्षेत्रमा पुगेर मतदाताहरुसँग भोट मागेका हुन ।