नारायणगढमा कलेज अफ कुलनरी खुल्यो (भिडियोसहित)

किशोर सापकोटा
चितवन, २४ बैशाख । चितवनमा होटल वयवसायमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देशयका साथ कलेज अफ कुलनरी एण्ड हस्पिटालिटी म्यानेजमेण्ट चितवन सञ्चालनमा आएको छ ।

 

 


पर्यटकीय देष्टिकोषणबाट अब्बल बन्दै गईरहेको चितवनमा होटल क्षेत्रमा दक्ष जनशक्ति अभाव हुदै गएपछि कलेज मार्फत होटलमा आवश्यक पर्ने कुक, ओएटर, फन्ट डेस्क अफिसर लगायतका दक्ष कर्मचारी उत्पादन गर्न कलेज स्थापना गरिएको सञ्चालन गरिएको प्रवन्ध निर्देशक श्रवणकुमार कुशहवाले जानकारी दिए । यसविच कलेज सञ्चालन गर्ने नयाँ कक्षाका लागि एक सेमिनार भरतपुरमा सम्पन्न भएको छ ।
सेमीनारमा कलेजकी संस्थापक जानकी गुरुङ, कलेजका प्रवन्ध निर्देशक श्रवणकुमार कुशहवा, नेपाल स्कील टेस्टिङ बोर्डका म्यानेजर संजित पोखरेलले होटल व्यवस्थापन कक्षाको महत्व र अन्तराष्ट्रिय स्तरमा यसको मागको बारेमा प्रशिक्षण गराएका थिए । सेमिनारको पूर्व मन्त्री एकनाथ ढकालले उद्धघाटन गर्दै युवाहरुलाई दक्ष बनाई मात्रै रोजगारी प्रदान गर्नुपर्ने बताएका थिए ।
तालिममा ५० भन्दा बढि विद्यार्थीहरुको सहभागी रहेको थियो ।