स्थानिय निर्वाचनलाई लक्षित गरि मुग्लिन– नारायणगढ सडक ९ दिन बन्द नहुने

चितवन, वैशाख २२ । राजधानी जोडेने मुख्य नाकाका रुपमा परिचित मुग्लिन– नारायणगढ सडक ९ दिन वन्द नहुने भएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरि यही वैशाख २५ गतेदेखि जेठ ३ गते सम्म नारायणगढ–मुग्लिन सडक खण्ड कुनै पनि समयमा सर्वसाधारणले सहज रुपमा यात्रा गर्न पाउने भएका हुन् ।


मतदाताहरुलाई आवातजावतमा सहज बनाई दिन वैशाख २५ देखि जेठ ३ गते सम्म नारायणगढ–मुग्लिन सडक खण्ड कुनै पनि बेला बन्द नहुने आयोजनाका इन्जिनियर शिव जानकारी दिए । देशैभर निर्वाचनका माहोल बढेको छ उनले भने । निर्वाचन मतदान गर्न पाउने बै अधिकारी सडक वन्द समया थियो अब ९ दिन सहज हुनेछ ।
सडक निर्माण आयोजनाले अहिले कामलाई द्रुत गतिमा अघि बढाउन विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्दै आईरहेको थियो । यस सडक खण्ड भएर हजारौं सवारी साधनहरु आवातजावत गर्ने गरेको छ ।
वन्दका कारण धेरै यात्रुलाई सडक वन्द नहुने अब सहज समेत हुने भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डलाई सन् २०१७ अप्रिल सम्ममा काम सम्पन्न गर्ने गरी चार लेनको सडक विस्तार भइरहेको छ । आयोजनाले चैत १५ देखि दैनिक ५ घण्टा वन्द गर्दै आएको थियो ।