विपन्न वर्गको उपचारमा चितवन मेडिकल गरेको छुट पाउने रोग यि हुन्

 

चितवन, वैशाख २२ । चितवनको दोश्रो ठूलो निजी अस्पताल चितवन मेडिकल कलेज शिक्षण अस्पताल (नयाँ मेडिकल कलेज) भरतपुरले गरिब तथा विपन्न समुदायका व्यक्तिहरुको ठुलो रोगहरुमा विशेष छुट पाउने भएका छन् । अस्पततालले एक विज्ञप्ती जारी गर्दै मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर, हेड इन्जुरी, स्पाइनल इन्जुरीको उपचारमा छुट दिईने अस्पताल निर्देशक दयाराम लम्सालले जानकारी दिए ।
मेडिकल सिटीका रुपमा पििरचित चितवनमा सर्वसुलभ रुपमा दिनेसगैँ समाजिक उत्तर दायित्व अभियान अन्र्तगत यस्तो छुट घोाषण गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा. हिरचन्द्र न्यौपानेले बताए ।
हामीले विभिन्न समाजिक उत्तर दायित्व गर्दै आएका थियौँ उनले भने । अब गरिब जनताको लागि पनि केहि गरौँ यो सामाजिक काम गरेका हौँ ।
सो छुटका लागि उपचार सेवाका लागि अस्पतालको विपन्न नागरिक औषधि उपचार सम्पर्क केन्द्र कोठा नं.८ मा सम्पर्क गर्न सबैमा अनुरोध पनि गरेको छ ।

उनले सरकाले सेवा स्वास्थयमा विभिन्न छुट गरेसगैँ आफुह्रुले पनि गरिब र विपन्न वर्गलाई केहि राहत प्रदान गरिएको छुटले ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
अस्पतालले विपन्न नागरिकहरुका लागि एक लाख रुपैयाँसम्मको छुट सुविधा दिइएको मेडिकल कलेजले जनाएको छ ।
यसैविच आगामी वैशाख २३ गते शनिबार निःशुल्क पाठेघर परीक्षणको व्यवस्था समेत गरिएको विज्ञप्तीमा उल्लेख छ ।