काग्रेसी रत्ननगरका उम्मेदवार भने रत्ननगरलाई भ्रष्टाचार मुक्त बनाउछौँ

प्रस्ताव सुवेदी
चितवन, २१ बैशाख । रत्ननगरको नगर प्रमुखका प्रत्याशी रत्ननगरलाई भ्रष्टाचार मुक्त नगर वनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । रत्ननगर नगरपालीका वडा नम्वर १५ माधवपुरमा आयोजना गरिएको घरदैलो तथा कोण सभामा वोल्दै यस्तो वताउनु भएको हो । घिमिरेले अहिले नगरपालीकाको ऋण देखेर र भ्रष्टाचार देखेर जनता आत्तिसकेको वताउदै नगरलाई भ्रष्टाचार मुक्त वनाउने वताउनु भएको हो ।
२०५४ सालमा भएको स्थानिय तहको निर्वाचनदेखि अहिले सम्मको अवस्थामा नेपाली काँग्रेसको नेतृत्व स्थानिय तहले नर्पाएका कारण नगरको विकास समेत प्रभावकारी रुपले हुन नसकेको बताउनु भयो । आफुले अरु उम्मेदवारहरुलाई कमजोर नसोचेको भए पनि आफुले सजलै निर्वाचनमा विजयी प्राप्त गर्ने कुरामा आसावादि रहेको बताउनु भयो । जनताको चाहान सुन्दर पर्यटकिय नगर रहेको वताउदै उहाँले यसमा काँग्रेसले कुनै कसुर वाँकि नराख्ने समेत प्रस्ट पार्नु भयो ।


नगर प्रमुख र उप प्रमुखका प्रत्याशी सहित गरीएको सो कार्यक्रममा घिमिरेले जनताको सेवा गर्न आएका कर्मचारीहरुले नै वेईमान गरेको देखेर पनि काम गर्न नसकेको वताउदै आफु विजयी भए यसलाई व्यवस्थापन गर्दै जनताको सेवाप्रति वफादार वनाउने समेत वताउनु भयो ।

जनताको काम प्रति ईमान्दर र जनताको भावनालाई नजिक वाट मनन गर्ने समुह नै निर्वाचित हुने वताउनु भयो । काँग्रेस रत्ननगरले आज नगरपालीकाको विभिन्न वडाहरुमा उम्मेदवार सहितको घरदैलो कार्यक्रम गरेको छ ।
नगरपालीकाको वडा नम्वर १५,१२, १४,१० लगाएतका वडाहरुमा नगर प्रमुख, उपप्रमुख सहित वडाका उम्मेदवार सम्मीलित भई घर दैलो कार्यक्रम गरीएको थियो ।

अन्य क्षेत्रमा भने वडाका अध्यक्ष सहितका टोलीलले घरदैलो कार्यक्रम गरेको नेपाली काँग्रेस चितवनका जिल्ला सदस्य एवं प्रचार प्रसार समिति रत्ननगरका संयोजक दिवाकर आर्यालले जानकारी दिनु भयो ।

निर्वाचनको प्रचार प्रसारलाई अझै तिव्र वनाएर काँग्रेसका उम्मेदवारलाई विजयी गराउने काममा लाग्ने उहाँले बताउनु भयो ।