रत्ननगरमा माओवादी उम्मेदवारहरु भोट माग्न जनताको घरघरमा (भिडियोसहित)

सुजिता हमाल / किशार रिजाल
चितवन, वैशाख २१ । स्थानिय तहको निर्वाचनको मिति नजिकिएसँगै माओवादी केन्द्र रत्ननगरका तर्फबाट प्रमुखका उम्मेदवार पूर्ण अम्गाई सुबोध र उपप्रमुख पदकी उम्मेदवार संगिता भट्टराई भोट माग्न जनताको घरघरमा पुगेका छन ।
रत्ननगरका वडा नं ९,१०,११ र १२ मा घरदैलो ,कोणसभा तथा मतदाता भेटघाटलाई निरन्तरता दिएका हुन ।

 


माओवादी केन्द्रबाट रत्ननगरको प्रमुखका उम्मेदवार पूर्ण अम्गाई सुबोधले कोणसभालाई सम्वोधन गदै सामाजिक न्याय सहितको आर्थिक समृद्धिको लागी माओवादी केन्द्रलाई जिताउनु पर्ने बताउनुभयो ।
नगरका विभिन्न वडामा सम्वोधन गदै सुवोधले विकास र सुसासनलाई प्राथमिकताका साथ अगाडी लैजान आफुले नगरको प्रमखको पदमा उम्मेदवारी दिएको दावी गर्नुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख पदकी उम्मेदवार संगिता भट्टराईले निर्वाचनमा केन्द्रलाई विजयी गराउन आग्रह गदै जनचाहानालाई कदर गर्दैै रत्ननगरलाई नमुना नगर बनाउने प्रतिबद्धता जनाउनुभयो ।
माओवादी केन्द्रको विजय पश्चात यस नगरको समुन्नत भविष्य रहेको भन्दै माओवादी केन्द्रलाई जिताउन आग्रह गर्नुभयो ।
उपप्रमुख पदकी उम्मेदवार भट्टराईले जनताको समस्या बुझन र विकास निमार्णका विषयहरुमा माओवादी केन्द्र अगाडी रहेको बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु कन्चन खनाल,विजय हमाल,हुतराज पाण्डे लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्दै युगान्तकारी परिवर्तलाई संस्थागत गर्नको लागी माओवादी केन्द्रलाई विजयी गराउनु पर्नेमा जोड दिएका थिए ।
यस्तै माओवादी केन्द्रले रत्ननगर वडा नं ९मा वडा अध्यक्षका उम्मेदवार मेघनाथ पौडेलको नेतृत्वमा कपर खोरीया,लाल पर्सा,मोहना,बेलटाँडीमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । वडा सदस्यहका उम्मेदवार,सयौ कार्यकर्ताको सहभागितामा घरदैलो कार्यक्रम गरिएको हो ।
यता रत्ननगर वडा नं १० बैरियामा माओवादी केन्द्र रत्ननगरले घरदैलो अभियान तथा मोटरसाईकल ¥याली निकालेको छ ।
स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको लागि माओवादी केन्द्र रत्ननगर १० मा आज मोटर साईकलन ¥याली निकालिएको हो ।
वडा अध्यक्षका उम्मेदवार ज्ञानेन्द्रराज पाण्डेको नेतृत्वमा कृष्ण मन्दिर चोक,भानु चोक,प्रसौनि,शाान्ति टोल,वकुलहर चोक,दूर संचार रोड,वैरिया चोकमा घरदैलो तथा मोटर साईकलन ¥याली निकालीएको थियो ।
¥यालीमा वाईसीएलका प्रकास पराजुली,नगर र वडा स्तरका नेता, तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
त्यस्तै रत्ननगर नगरपालिका वडा १२ जिरौना सालघारीमा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्षका उम्मेदवार श्याम बरालको नेतृत्वमा जमुनापुर,जयमंगला चोक लगाएतका क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्यहरु तथा वडा सदस्यका उम्मेदवारहरु सहित सयौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यस्तै वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार कुल प्रसाद देवकोटाको नेतृत्वमा जिरौना, मंगलपुर चोक, प्रगति टोल, सुनगाभा टोल, सगुन टोल, विश्वास टोल, सयपत्री टोल लगायतको क्षेत्रमा पनि घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।
यसैविच वडा नं. ११ मा वडा कार्यालय उद्घाटन गरिएको छ ।स्थानिय तहको चुनावको प्रयोजनको लागी कार्यालय उद्घाटन गरिएको हो ।
माओवादी केन्द्र रत्ननगरका नगर ईन्चार्ज कञ्चन खनालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार संगिता भट्टराई, केन्द्रीय सदस्य विजय हमाल, वाईसिएलका प्रकाश पराजुली लगायतको सहभागिता रहेको थियो ।