माओवादी केन्द्र रत्ननगरको वडा नं १३ र ८ मा घरदैलो तथा कोणसभा (फोटोफिचरसहित)

सुजिता हमाल

चितवन, २० बैशाख । यहि बैशाख ३१ गते हुने निर्वाचनलाइ लक्षित गरी नेकपा माओवादी केन्द्र रत्ननगरले नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो तथा कोणसभा गरेको छ ।
माओवादी केन्द्रबाट रत्ननगरको प्रमुखका उम्मेदवार पूर्ण अम्गाई सुबोध र उपप्रमुख पदकी उम्मेदवार संगिता भट्टराई,माओवादी केन्द्र रत्ननगरका नगर ईन्चार्ज कन्चन खनाल, नेकपा माओवादीका केन्द्रिय सदस्यहरु र वडाका वडाध्यक्ष तथा सदस्यहरु सहित सयौं कार्यकर्ताहरुको सहभागितामा घरदैलो कार्यक्रममा गरिएको हो ।
वडा नं १३ जयमंगलामा आज विहान कोणसभालाई सम्वोधन गदै माओवादी केन्द्रबाट रत्ननगरको प्रमुखका उम्मेदवार सुबोधले माओवादी केन्द्र जिताउन आग्रह गदै केन्द्रले नगरलाई ‘नमूना नगर बनाउने प्रतिबद्धता जनाए ।
रत्ननगर नगरपालिकाको विकासका लागि माओवादी केन्द्र लागिपर्ने बताए ।

माओवादी केन्द्रको जितले मात्र वडा र नगरको समुन्नत विकास हुने दावी गरिन् ।
यस्तै उपप्रमुख पदकी उम्मेदवार संगिता भट्टराईले माओवादी केन्द्रको विकासले मात्र नगरको पर्यटन, औद्योगिक क्षेत्र लगाएतको विकास र व्यवस्थापन हुने बताए ।

रत्ननगर वडा नं १३ का वडा अध्यक्षका उम्मेदवार हरि खड्काको नेतृत्वमा जयमंगला,वैरिया मा.वि.डाँडा गाँउ लगाएको क्षेत्रमा घरदैलो तथा कोणसभा गरिएको थियो ।
त्यस्तै रत्ननगर नगरपालिका वडा ८ चित्रसारी र आसपासका क्षेत्रमाओवादी केन्द्र नगर ईन्चार्ज कन्चन खनालको नेतृत्वमा घरदैलो कार्यक्रम गरिएको छ ।
माओवादी केन्द्रका प्रमुख र उपप्रमुखका उम्मेदवार सहित वडा अध्यक्षका उम्मेदवार, वडा सदस्यका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर मतदातासंग भोट मागेका थिए ।
घरदैलो कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार झगेरु महतो,वडा सदस्यहरु,माओवादी केन्द्रका केन्द्रिय सदस्य विजय हमाल,वाइसीएलका प्रकास पराजुली लगाएतको सहभागिता रहेको थियो ।