चुनाव विरोधी गतिविधि हुन नदिने चितवन प्रहरीको तयारी /लागुऔषध सहित पक्राउ परेकालाई ७ दिन म्याद थप

सन्तकुमार चौधरी
चितवन २०, बैशाख । चितवनमा चुनाव विरोधी गतिविध हुन नदिने चितवन प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बुधवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी चुनाव विरोधी गतिविधिलाई पूर्ण रुपमा निस्तेजपार्ने अभियानमा चितवन प्रहरी सक्रिय भएर लागेको प्रहरी प्रमुख दिपक थापाले जानकारी दिनुभयो ।

सुरक्षाको अवस्थालाई ध्यानमा राखेर स्थानीय प्रशासनको सक्रियतामा तयार पारिएको एकीकृत निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा प्रहरी कट्टिवद्ध भएर लागेको प्रहरी प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार निर्वाचनलाई लक्षित गरेर चितवनमा १२ सय ५५ जना म्यादी प्रहरी परिचालन गरिएको छ । आवश्यकताका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायत नेपाली सेना समेत परिचालन हुनेगरी स्ट्याडिज गरिएको प्रहरी प्रमुख थापाको भनाई छ ।
यस्तै लागुऔषध चरेस सहित पक्राउ परेका दुईजनालाई चितवन प्रहरीले ७ दिनको म्याद थप गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाएको छ । पक्राउ परेका बारा जितपुर सिमरा उपमहानगरपालिका २३ बस्ने मोजहर मन्सुर र ट्रकमा सवार बारा प्रस्टोमा नगरपालिका ४ का १९ वर्षका अजय कुमार रामलाई लागुऔष नियन्त्रण ऐन २०३३ अन्तर्गत लागु औषध ओसार पसार तथा विक्री वितरण कसुर ऐन अनुसार म्याद थप गरिएको चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।

मन्सुर ट्रक चालक हुन भने, राम ट्रकमा सवार थिए । उनीहरु सवार ना. ४ ख ७६३० नम्बरको खाली ट्रकबाट प्रहरीले ६ वटा बोराको पोकामा राखिएको ५ सय ग्रामको २ सय ५३ पिस चरेर बरामद गरेको छ । लागु औषध नियन्त्रण विशेष अभियान अन्तर्गत चितवन प्रहरीले नारायणगढको लायन्सचोकवाट विशेष सुराकीको आधारमा उनिहरुलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार खालि ट्रकमा धादिड्डको आदमघाट बाट लागुऔषध लोड गरि भारत लैजानका लागि ल्याउने क्रममा पक्राउ गरिएको थियो ।