प्रचण्ड पुत्री रेणुले मनोनय दर्ता गर्दै भनिन् भरतपुर माहानगरलाई समृद्ध मेट्रो सिटी बनाउछौँ (भिडियोसहित)

चितवन, १९ बैशाख । नेकपा माओवादी केन्द्र चितवनले भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहालको मनोनयन दर्ता गराएको छ । उपमेयरमा सुरेन्द्र गुरुङको मनोनयन दर्ता भएको छ ।

 

रेणुको प्रस्तावकमा नारायण दाहाल र समर्थकमा सुर्य सुवेदी छन् भने गुरुङको प्रस्तावकमा ज्ञानु सुवेदी र समर्थकमा दण्डपाणी पौडेल छन् ।

माओवादी केन्द्रका नेता(कार्यकर्ताहरु मनोनयन दर्ता गराउन भरतपुरस्थित पार्टी कार्यालयबाट बाजागाजासहित निर्वाचन कार्यालयमा पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डको छोरीसमेत भएकाले चितवनमा रेणुप्रति चासो र चर्चा बढी छ । सोअ वसरमा बोल्दै समृद्ध मेटो सिटीका रुपमा विकास गर्ने बताईन् । उनले भित्रि र बाहिर रिगंरोढ निर्माण गरि आफुहरु अगाडी बढ्ने बताईन् ।