किन एमाले भरतपुरका मेयर ज्ञावाली भने गैडाको खागबाट तरपण दिने व्यवस्था ? (भिडियोसहित)

चितवन, १९ बैशाख । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्य शर्मा आचार्यको उम्मेदवारी दर्ता भएको छ ।

 

ज्ञवालीको प्रस्तावकमा पार्टी जिल्ला अध्यक्ष कृष्णभक्त्त पोखरेल र समर्थकमा विजय सुवेदी गरेको थिए । सो अवसरमा बोल्दै ज्ञवालीले हिन्दु धर्म पर्यटनको विकास गर्ने मुख्य एजेण्डा भएको बताए ।
उनले ७० प्रतिशत नागरिक हिन्दु रहेको भन्दै गैडाको खागबाट बनेको गगौटोबाट पितृलाई तरपण दिने व्यवस्था समेत गर्ने बताए ।
महानगरलाई सूचना प्रविधिको मार्फत भष्ट्राचार मुक्त गराउने बताए । यस्तै २९ वटै वडामा २९ वटै पार्क पनि आफ्नो दोश्रो प्रथाकिता रहेको बताए । हरेक ठाउँ विकासै विकास सडक संजाल समेत जोड्न् बताए ।