हेलिकप्टर चढ्दै अन्तत, चितवनमा काग्रेसबाट मेयरमा दिनेश र उपमेयरमा पार्वती आए

चितवन, वैशाख १९ । चितवनमा अन्तत लामो विवादका विच नेपाली काँग्रेसले चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयर टुङगो लगाएको छ । यसअघि मिलन बाबु श्रेष्ठ र मिना खरेलको नाम आए पनि मनोनय दर्ता गर्ने समयमा काग्रेस केन्द्रिय कार्यालयमा भएको बैठकले मेयरमा दिनेश कोइराला र उप–मेयरमा पार्वती शाहलाई उठाउने निर्णय गरेको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । मेयर चयन भएसगैँ कोइराला र शाह हेलिकप्टर चढेर जिल्लामा आएका उम्मेदवार दर्ता गर्न आएका थिए । तर, शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच कुरा नमिलेपछि कृष्ण सिटौला पक्षका कोइरालाले बाजी मारेका हुन् ।
भरतपुरमा यसअघि नै एमालेले देवी ज्ञवालीलाई मेयर र दिव्या आचार्यलाई उम्मेदवार तय गरिसकेको छ ।
यसअघि भरतपुरको मेयरमा टेकप्रसाद गुरुङ, मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल, प्रकाश अधिकारी, डा.सूर्यकान्त घिमिरेलगायत ३४ जनाको नाम चितवनबाट केन्द्रमा सिफारिस गरिएको थियो । भने रत्ननगर नगरपालिकामा रुपनराज घिमिरेलाई मेयर र निता ढकाललाई उमेयरमा उठाएको छ ।
काँग्रेसले जिल्लास्तरमै यसअघि माडी नगरपालिकाको मेयरमा खेम महतो, उप–मेयरमा शिवमाया भट्टराई, राप्ती नगरपालिकाको मेयरमा किरण ओली, उप–मेयरमा अनिता मैनाली, कालिका नगरपालिकाको मेयरमा कमल आचार्य, उप–मेयरमा निरु श्रेष्ठ, र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा गीता गुरुङ उप–मेयरमा किर्तिकुमार श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।