खैरहनी १० मा नेकपा एमालेको विजय सुनिश्चित

सन्तोष भण्डारी
चितवन, बैशाख १७ । स्थानिय चुनावलाई लक्षित गरेर नेकपा एमाले खैरहनी नगरपालिका १० ले आज आइर्तवार साबिक कठार १,२ र ३ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला कमिटि सदस्य एब कठार ईन्जार्च नबराज पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उहाँले यस वडामा नेकपा एमालेको बिजय सुनिश्चित रहेको बताउनु भएको थियो ।

साथै उहाले सम्पुर्ण कार्यकताहरुलाई सुर्य चिन्हमा मतदान गदै सुर्य ध्वजाबाहक इाण्डा मुनि गोलबद्ध हुन आग्रह गर्नु भएको थियो । बिगत देखि नै समग्र बडाको आर्थिक, सामाजिक, सास्कृतिक, शैक्षिक र पर्यटकीय बिकासमा नेकपा एमालेको नेतृव रहेको स्मरण गराउनु भएको थियो । सम्बृद्ध वडा निमार्ण गर्न हाम्रा बिकास प्रेमी, जनप्रेमी, सालिन योग्य उम्वेदवारहरुलाई नेकपा एमाले बडा कमिटि १० ले चुनाबी मैदानमा उतारेको बताउनु भएको थियो ।

कार्यक्रम नेकपा एमाले खैरहनी नगरपालिका १० का सचिब एब चुनाब प्रचार प्रसार समितिका संयोजक गोपाल भण्डारीको संमयोजकत्वमा१०० जना भन्दा बडि कार्यक्रताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।