भरतपुर महानगरमा रेणु दाहालको घरदैलो अभियान तीव्र

चितवन १७ बैशाख । नेकपा माओवादी केन्द्रको तर्फवाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका उमेद्वार रेणु दाहालले घरदैलो अभियानलाई तिव्रता दिएकी छन् । भरतपुर महानगरका सवै वडा र टोलहरुमा पुग्ने उदेश्यले उनले शनिवारदेखि घरदैलो अभियान शुरु गरेकी हुन् ।

गत शुक्रवार माओवादीले चितवनका सवै नगरमा मेयर उपमेयरको उमेद्वारको टुंगो लगाएको थियो । दाहाललाई उनको प्रचार टोलीले भरतपुरका सवै वडाका जनताको घरदैलोमा कम्तीमा एकपटक पुग्ने अभियान शुरुगरेसंगै उनको चुनावी अभियानले रौनक पनि लिएको छ । उनले आइतवार विहान नारायणगढको वाह्रघरे,वेलचोक लगायतका स्थानमा मतदातासंग भोग मागेकी थिइन् भने आइतवार दिउसो वडा नं १२,१३ र १४ नम्वर वडाक विभिन्न टोलहरुमा घरघरमा गएकी छन् ।

सो क्रममा उनले आफु समग्र चितवनको विकासका लागि प्रतिवद्ध रहेको र जनताको चाहना वमोजिम विकास अगाडि वढाउने प्रतिवद्धता जनाएकी छन् । विभिन्न सुकुम्वासी वस्तीमा समेत घरदैलो गरेकी दाहालले आफुले भरतपुर महानगरलाई सुकुम्वासी रहित नगरका रुपमा स्थापित गर्ने लक्ष लिएको वताइन् ।

मतदाताहरुले अहिलेसम्म नेताहरुले जनताको भोटको लागि मात्रै घरदैलोमा आउने गरेकोमा रेणु दाहालवाट त्यसो नहोस् भन्दै सतेच समेत गराएका थिए । चितवनमा माओवादीले मात्रै आफ्ना सम्पूर्ण उमेद्वार टुंगो लगाइसकेको छ । नेकपा एमाले र काग्रेसले पनि अव छिट्टै उमेद्वार तय गर्ने जनाएका छन् ।