चितवनमा काग्रेसको चुनावी प्रचार प्रसार तिव्र

चितवन, १६ बैशाख । नेपाली काँग्रेस चितवनले स्थानिय तहको निर्वाचनका लागि आफ्नो प्रचार प्रसार लाई तिव्र वनाएको छ । गाउँ गाउँमा निर्वाचनको माहोल छाएको छ भने काँग्रेसको पक्षमा माहोल वन्दै गएको काँग्रेस नेताहरुले वताएका छन् ।

संविधान जारी गरेको र विकास निर्माणमा पनि मत्वपूर्ण काम गरेको भन्दै स्थानिय जनता काँग्रेसको पक्षमा लागेका हुन । नेपाली काँग्रेस भरतपुर महानगरपालीकाका हरेक वडामा निर्वाचनको माहोल वन्दै गएको र काँग्रेसको जित सुनिश्चित रहेको नेपाली काँग्रेस चितवनका उपसभापति कैलाश कोईरालाले जानकारी दिनु भयो ।


नेपाली काँग्रेस चितवनले सात तहमा तय गरेका उम्मेदवार सहित घर दैलो अभियानलाई तिव्र पारीएको हो । काँग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनका लागि काँग्रेस नेतृत्वमानै हुने विश्वास समेत काँग्रेस नेताहरुले गरेका छन् ।

प्रचार प्रसारका क्रममा नेपाली काँग्रेस माडि नगरपालीकाले आफ्नो प्रचार प्रसारलाई तिव्र वनाएको छ । जस अन्तर्गत आज माडि नगरपालीका वडा नम्वर १, ४, ७ र ९ मा घरदैलो अभियान सम्पन्न गरेको छ । नगरपालीकाको प्रमुख खेम महतो र उपप्रमुख शिवमाया भटराईका साथ वडा अध्यक्षका उम्मेदवारहरुले घर दैलो अभियान गरेका हुन । माडि क्षेत्रको विकासका लागि काँग्रेसले खेलेको भूमिकालाई आत्मसाथ गर्दै काँग्रेसलाई मतदान गर्न आग्रह समेत गरेका हुन ।
माडिको विकासका लागि काँग्रेसले सडक संञ्जाल निर्माण संगै विभिन्न कार्यक्रमहरु ल्याएको थियो । पूर्व सांसद तिर्थ भूषालको नेतृत्वमा राप्ति नदिमा पुल निर्माणको कार्य संगै विद्युतिकरण र अन्य सामाजिक काम समेत भएको भन्दै प्रमुख पदका प्रत्यासि महतोले काँग्रेस र विकास प्रायवाचि सव्द रहेको बताउनु भयो ।
यस्तै नेपाली काँग्रेस भरतपुर महानगरपालीकाले वडा नम्वर १,२,३,४,७,८,१०,११,१२,१९,लगाएतका सवै वडाहरुमा प्रचार प्रसारलाई र घर दैलो अभियानलाई तिव्र वनाएको छ । काँग्रेसले निर्वाचनमा विजयी प्राप्त गरेको खण्डमा वडाहरुलाई नमुना वनाउने प्रतिवद्धता सहित अभियानलाई तिव्र वनाएका हुन । काँग्रेसको विजयीले मात्र देशको समुन्नत विकासमा सहयोग पुग्ने उनिहरुको भनाई थियो ।

वडा अध्यक्षका उम्मेदवारसहित भएको घर दैलो कार्यक्रममा उनिहरुले राष्ट्रको हरेक समस्या समाधानका लागि काँग्रेस आवश्यक पर्ने भन्दै अहिलेको समस्या समाधानका लागि पनि काँग्रेस महत्वपूर्ण कडि रहेको वताएका थिए ।
यता काँग्रेस रत्ननगरले पनि प्रचार प्रसारलाई तिव्र पार्ने क्रममा रत्ननगरका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घर दैलो कार्यक्रममा वडाका उम्मेदवारहरु सहित घरदैलो गरिएको थियो । घरदैलोका क्रममा कााग्रेसको जित सुनिश्चित देखिएको काँग्रेस रत्ननगरले जनाएको छ ।