एमाले उम्मेदवारलाई सौराहामा स्वागत

चितवन, १६ बैशाख । नेकपा एमालेबाट रत्ननगर नगरपालिकाको मेयर,उपमेयर,वडा अध्यक्ष तथा नगर सदस्यका उम्मेदवारलाई सौराहाका व्यवसायी तथा स्थानीय जनताले स्वागत गरेका हुन ।

स्थानीय तहको निर्वाचनका लागि सौराहा पुगेका मेयरका उम्मेदवार नारायण वन,उपमेयरकी उम्मेदवार विमला दुवाडी,वडा नंं।६ का वडा अध्यक्षका उम्मेदवारलाई सौराहा स्वागत गरिएको हो ।

भोट माग्न जनताको घरघरमा पुगेका उम्मेदवारहरुलाई व्यवसायीहरुले चोकचोकमा टिका र माला लगाएर स्वागत गरेको पार्टीका वडा नं।६ का वडा अध्यक्ष विष्णु थापाले जानकारी दिए । घरदैलोमा रहेका उम्मेदवारहरुले मतदातासंग भोट माग्नुका साथै बृद्धबृद्धाहरुसंग जीतको लागि आर्शिवाद समेत थापेका थिए । घरदैलो पछि आयोजित कार्यक्रममा मेयर पदका उम्मेदवार नारायण वनले सौराहाबाट आफुलाई चुनाब जित्ने शक्ति प्राप्त भएको बताए ।

सौराहाका व्यवसायी र स्थानीयबासीको साथले आफु उत्साहित भएको भन्दै उनले निर्वाचनको परिणाम आईसकेपछि समग्र नगरको विकास संगै पर्यटकीय नगरी सौराहाको विकासको लागि छुट्टै प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उपमेयरकी उम्मेदवार विमला दुवाडीले सौराहाका मतदाताहरुको हौसलाले आफुलाई जितको नजिक पुगेको आभाष भईरहेको बताईन ।

व्यवसायी र स्थानीयबासीको माया अथाह पाईयो उनले भनिन यही माया नै एमालेको चुनाब जित्ने आधार हो । उम्मेदवार सहित आयोजना गरिएको घरदैलो कार्यक्रममा सयौं एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसैबीच चुनावी प्रचारप्रसारको लागि एमालेले रत्ननगर ३ मा मोटरसाईकल ¥याली निकालेको छ । वडा कमिटीले आयोजना गरेको सो कार्यक्रममा सयौं मोटरसाईकल सहित गाउँ परिक्रममा गरिएको थियो । यसैबीच स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रत्ननगर वडा नं।१ वडा कमिटीले विभिन्न समिति गठन गरेको छ । वडा कमिटीको विस्तारित बैठकले एञ्जिला कुँवर संयोजक रहेको निर्वाचन परिचालक कमिटी,दिलीपराज अधिकारी संयोजक रहेको निर्वाचन प्रचार प्रसार कमिटी,कल्पना पौडेल संयोजक रहेको आर्थिक परिचालन कमिटी र पुष्पराज जोशी संयोजक रहेको स्वयम सेवक परिचालन कमिटी गठन गरिएको वडा अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिए ।

प्रदेश नं।३ का सल्लाहाकार राधाकृष्ण श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा जिल्ला सदस्य तथा वडा इन्चार्ज रामशरण कुँवर,पूर्व जिल्ला सल्लाहाकार राजेन्द्र कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

त्यसैगरी निर्वाचनलाई केन्द्रित गरी नेकपा एमालेले रत्ननगर वडा नं।५ मा युवा भेला गरेको छ । वडा कमिटीले आयोजना गरेको सो कार्यक्रममा निर्वाचन प्रचार प्रसार,मतदाता सुरक्षा र बुथ सुरक्षाका बारेमा युवाहरुलाई जानकारी गराईएको थियो ।

नेकपा एमाले केन्द्रीय अर्थ अनुसन्धान आयोगका सदस्य कृष्ण पन्त प्रमुख अतिथि रहेको सो कार्यक्रममा मेयर पदका उम्मेदवार नारायण वन,उपमेयर पदकी उम्मेदवार विमला दुवाडी,पूर्व नगर कमिटी अध्यक्ष प्रेमनाथ दुवाडी,वडा अध्यक्षका उम्मेदवार कृष्ण महतो लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम युवा परिचालन कमिटीका संयोजक हरिनारायण सुवेदीको अध्यक्षतामा भएको थियो । उता निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले राप्ती नगरपालिका वार्ड नम्बर ८ ले शनिबारबाट घरदैलो अभियान सुरु गरेको छ ।

नेकपा एमाले वडा कमिटीले आयोजना गरेको सो कार्यक्रममा नेता तथा कार्यकर्ताहरु जनताको घरघरमा पुगेर पार्टीको धारण सहित उनीहरुको समस्याका बारेमा जानकारी लिएका थिए । घरदैलो पछि आयोजित सभामा बोल्दै राप्ती नगरपालिकाकी मेयरकी उम्मेदवार प्रभा बरालले आर्थिक र सामाजिक रुपान्तरण एवं समृद्धिको अभियानसँग जोडिएको संविधानको औचित्य पुष्टि गर्नका लागि निर्वाचनमा एमालेको जित आवश्यक रहेको बताईन ।