दुबै गाउँकै उदारहणीय व्यक्ति आचार्यद्धारा रनपा ९ लाई नमुना बनाउने घोषण

चितवन, १६ बैशाख । रोशन आचार्य रत्ननगरका युवा नेता हुन । उनलाई नेकपा एमालेले रत्ननगर वडा नं।९ को वडा अध्यक्षको उम्मेदवार बनाएको छ । व्यवसाय र राजनीतिलाईसंगसंगै अगाडि बढाएका आचार्यले आफुले व्यवसायबाट गरेको आम्दानीका केही हिस्सा सामाजिक विकासमा लगानी गर्दैैै आएका छन । युवा भएका कारण उनमा विकासको छुट्टै भिजन छ ।

वडाको समग्र विकासको लागि केही गर्न सक्ने क्षमताको पहिचान गरी एमालेले उनलाई वडा अध्यक्षको उम्मेदवार बनाएको हो । सानै उमेर देखि युवासंघमा लागेर उनले लामो समय राजनीति पनि गरेका छन । सरल स्वभाव भएका कारण उनलाई युवा देखि बृद्धबृद्धाहरुले पनि रुचाउने गरेका छन । आचार्य निर्माण व्यवसायी हुन । व्यवसाय गर्दा पनि उनले आफनो वडालाई कसरी विकास गर्न सकिन्छ भनेर चिन्तित हुने गरेका थिए ।

३० बर्षको कलिलै उमेरमा वडा अध्यक्ष भएर जनताको सेवा गर्न अबसर एमालेले आचार्यलाई दिएको छ । युवा भएपनि उनलाई गाउँको समस्या र जनप्रतिनिधिको जिम्मेवारी के हो भन्ने सबै थाहा छ । चुनाव जितिसकेपछि राष्ट्रियताको रक्षासंगै आफनो वडालाई विकासको उचाईमा पु¥याउने उनको योजना छ । राजमार्गसंग जोडिएको सो वडालाई विकासको हिसावले नमुना बनाउन सुसासन स्थापित गराउने देखि सुकुमवासी बस्ती व्यवस्थापन गर्न सम्मको योजना अघि उनले सारेका छन ।

उनले सो वडामा रहेका चारवटा सुकुमवासी बस्ती व्यवस्थापन,गाउँको सुरक्षाको लागि खगेरी खोलामा तटबन्धन,सडक विस्तार र निर्माण,चारवटा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माण र प्रभावकारी शिक्षा,सो वडा भित्र पर्ने दुई वटा समुदायिक वनको उचित व्यवस्थापन गरी गरिब तथा विपन्न समुदायका आयआर्जनको लागि सहयोग गर्ने,वातावरणमैत्री वडा बनाउने योजना अधि सारेका छन ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बृद्धबृद्धा,अपाङग र वालवालिकाहरुलाई निरन्तर सहयोग गर्ने,राज्यले प्रदान गर्ने बृद्धभत्ता घरघरै पु¥याउने व्यवस्था गर्ने,वेरोजगार युवाहरुलाई तालिम लिएर रोजगार सृजना गर्ने,शिक्षा,स्वास्थ्य र खानेपानीको सुनिश्चितता गर्ने र विकृति अन्त्यको लागि अभियान चलाउने आचार्यको योजना छ ।

उनीसंगै एमालेले महिला सदस्यमा सरस्वती लामा,खुल्ला तर्फ कमानसिं चौधरी,मानबहादुर थापा, दलित कोटाबाट गायत्री विकलाई उम्मेदवार बनाएको छ । महिला सदस्यकी उम्मेदवार सरस्वती लामा युवा तथा बृद्धबृद्धाको सजिलै मन जित्न सक्ने क्षमता भएकी महिला नेतृ हुन ।

गाउँले कै आग्रहमा उनले सदस्यमा उम्मेदवारी दिएकी हुन । सकैको घरमा समस्या परेको थाहापाए उनी टुप्लुक्क पुग्छिन । पार्टीकी क्षेत्रीय कमिटी सदस्य लामाको उम्मेदवारीले गाउँले उत्साहित छन । खुल्ला सदस्य पदका उम्मेदवार चौधरी पार्टीका वडा संयोजकसंगै औषधि व्यवसायी हुन ।

सरल स्वभावका चौधरीलाई वडा नं।९ का बासिन्दाले रुचाएका व्यक्ति हुन । सदस्यका अन्य उम्मेदवारहरु मानबहादुर र गायत्री पनि मतदातासंग परिचित नाम हो । उनीहरु दुबै गाउँकै उदारहणीय व्यक्ति हुन ।

ऋयmmभलतक