एमाले रत्ननगर ९ ले बाढ्यो बृद्धबृद्धा र अपाङगलाई टेक्ने लौरी (तस्वीरसहित)

चितवन, १६ बैशाख । नेकपा एमाले रत्ननगर वडा नं.९ वडा कमिटीले वडा भित्रका बृद्धबृद्धा तथा अपाङहरुलाई शनिवार सुर्य चिन्ह अंकित टेक्ने लौरी वितरण गरेको छ ।

७० बर्ष नाघेका बृद्धबृद्धा र अपाङगहरुलाई लौरी टेकेर घरबाट बाहिर भित्र गर्न सहज होस भनेर लौरी वितरण गरिएको हो । एमालेको तत्कालिन सरकारले बृद्धबृद्धालाई भत्ता दिन सुरु गरेकै कारण अहिले उनीहरुले बुढेशकालमा राहातको महसुस गरेका छन ।

स्थानीय तहको निर्वाचनको लागि भोट माग्न आयोजित घरदैलोका क्रममा भेडी,गड्यौली र मोहनाका ४५ जना बृद्धबृद्धा तथा अपाङगलाई लौरी वितरण गरिएको क्षेत्रीय सचिवालय सदस्य सरस्वती लामाले जानकारी दिईन ।

घरबाट बाहिर भित्र गर्न बृद्धबृद्धा आमाबुवाहरुलाई सजिलोहोस भनेर लौरी वितरण गरिएको वडा अध्यक्षका उम्मेदवार रोशन आचार्यले बताए । एमाले बृद्धबृद्धा तथा अपाङगहरुको बुढेशकालको साहरा हो उनले भने हामी उनीहरुको जीवनलाई सहज बनाउन केही न केही दिन चाहन्छौं ।