रत्ननगरका विभिन्न वडामा माओवादी केन्द्रद्धारा घरदैलो अभियान तीव्र

सुजिता हमाल
चितवन, बैशाख १६ । नेकपा (माओवादी केन्द्र) रत्ननगरले आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षीत गरि घरदैलो अभियानलाई तिव्र पारेको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा नेकपा माओवादी केन्द्रले अभियानलाई तिव्र पारेको हो ।
आज शनिबार माओवादी केन्द्रले रत्ननगरका नगर ईन्चार्ज कन्चन खनालको नेतृत्वमा रत्ननगरका वडा नं ५,६ र ७ नं वडाका झुवानी,शिव मन्दिर,पडरीया,दोरङगी,थारु गाँउ लगायतका ठाँउमा घरदैलो कार्यक्रम सम्पन्न गरेको चुनाव प्रचार प्रसार समिति रत्ननगरका प्रमुख विजय हमालले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै माओवादी केन्द्र रत्ननगर नगरपालिकाका प्रमुखका उम्मेदवार पूर्ण अम्गाई सुबोधले नगरलाई व्यवस्थित र समृद्ध बनाउन माओवादी केन्द्रलाई जिताउनु पर्ने बताउनु भएको छ ।
त्यस्तै उपप्रमुख उम्मेदवार संगिता भट्टराईले समग्र नगरको चौतफी विकासको लागी माओवादी केन्द्रको जित आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
घर दैलो अभियानमा ६ न वडा का वडा अध्यक्षका उम्मेदवार विक्रान्त चौधरी,५ वडाका वडा अध्यक्ष सिताराम श्रेष्ठ,७ नं वडाका वडा अध्यक्ष बुधराम महत्तो लागाएतको सहभागिता रहेको थियो ।
यस्तै आजै शनिबार रत्ननगरका वडा नं १, १० र १३ मा पनि घरदैलो कार्यक्रम गरिएको छ ।
वडा नं १ मा माओवादी केन्द्रका केन्द्रिय सदस्य हुतराज पन्तको नेतृत्वमा बकुलहर चोक,वृत्ता लगायतका ठाँउमा वडा अध्यक्षका उम्मेदवार गणेश पौडेल,सयौ वडावासीको सहभागितामा कार्यक्रम गरिएको थियो ।
त्यस्तै वडा नं १० मा वडा अध्यक्षका उम्मेदवार ज्ञानेन्द्रराज पाण्डेको नेतृत्वमा भानु चोक,दराई वस्तीमा घरदैलो कार्यक्रम गरिएको छ ।
उता रत्ननगर वडा नं १३ अमिलिया,सुब्बा चोक,डुम्री चोकमा नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य निलराज भुजेल प्रभासको नेतृत्वमा घरदैलो कार्यक्रम गरिएको छ ।
वडा अध्यक्षका उम्मेदवार हरि खड्काले वडाका मतदातासँग माओवादी केन्द्रलाई मतदान गर्न आग्रह गर्नु भएको छ ।