माओवादी केन्द्र रत्ननगर वडा नं ८को वडा कार्यालय स्थापना

सुजिता हमाल

चितवन, बैशाख १६ । नेकपा माओवादी केन्द्र रत्ननगर वडा नं ८ले स्थानिय तहको निर्वाचनको प्रयोजनको लागी वडा कार्यालय स्थापना गरेको छ ।
आज शनिबार एक कार्यक्रमकाबीच रत्ननगर ८ बाघमारामा कार्यालय उद्घाटन गरेको हो ।
माओवादी केन्द्र रत्ननगर नगरपालिका प्रमुखका उम्मेदवार पूर्ण अम्गाई सुबोधको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उपप्रमुखका उम्मेदवार संगिता भट्टराई,थारु कल्याणकारी समाजका रामेश्वर महतो,वडा अध्यक्षका उम्मेदवार झगेरु महतो,वडा सदस्यका उम्मेदवार लक्ष्मी तामाङ,दशमति माझी लगायतले कार्यक्रममा बोल्दै समग्र नगर,वडाको विकास र समृद्धिको लागी माओवादी केन्दलाई विजयी गराउन आव्हान गरेका थिए ।
कार्यक्रम नेकपा आओवादी केन्द्र रत्ननगर ८ का वडा अध्यक्ष राजेन्द्र थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।