पन्चकन्या वनमा गैडाको आक्रमणबाट वृद्धा घाईते

चितवन, वैशाख १६ । पुर्वी चितवनको पन्चकन्या सामुदायिक वनमा एक सिगें गैंडाको आक्रमणबाट एक वुद्धा घाइते भएका छन् ।

सामुदायिक वनको प्याउली चौरमा बिहान गैडाले आक्रमण गर्दा कालिका नगरपालिका–१ बस्ने अन्दाजी वर्ष ६० का रामबहादुर पाख्रिन घाइते भएको ईलाका प्रहरी कार्यालय टाडीदे जानकारी दिएको छ । सामुदायिक वनमा घाँसकाट्न जानेक्रममा उनलाई गैंडाले आक्रमण गरेको पन्चकन्या सामुदायिक वनका अध्यक्ष रामबाबु श्रेष्ठले जानकारी दिए। गैडाको आक्रमणबाट घाइते भएका पाख्रिनलाई उपचारको लागि अस्पताल पठाइएको छ ।