पत्रकारको कलम र बोलीको महत्वपूर्ण : प्रजिअ भटट्

चितवन, १६ बैशाख । पत्रकारको कलम  र बोलीको महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटले बताएका छन् । सञ्चारकर्मीले सत्य तथ्य र छिटो सुचना प्रवाह गर्ने र जनतालाई सु सुचित बनाउने पत्रकार महासंघ चितवनको आयोजनामा शनिबार भरतपुरमा निर्बाचनमा पत्रकारको सुरक्षा बिषयक अन्र्तक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् ।

निर्बाचन नजिकिए संगै निर्बाचनको माहौल बनाउन सबैको भुमिका रहेको समेत उनले बताए । निर्बाचन आयोगले आचार संहिता बनाएको र त्यसको पालना र अनुगमनमा पनि पत्रकारको भुमिका रहने प्रमुख जिल्ला अधिकारी भटटले उल्लेख गरे ।

निर्बाचन शान्तिपुर्ण र व्यवस्थित बनाउन संबेदनशिलताको आधारमा अति संबेदनशिल, संबेदनशिल र सामान्य भनि बर्गीकरण गरि सोही अनुरुप रणनिति बनाई सुरक्षा र अन्य व्यवस्था गरेर अगाडी बढेको चितवनका प्रहरी प्रमुख उपरिक्षक दिपक थापाले बताए । साथै उनले निर्बाचन बिरोधी क्रियाकलाप गर्ने समुह र व्यक्तिलाई कानुनी दायरामा ल्याउने पनि जिकीर गरे । चितवनमा मतदान केन्द्रको काम सकिएको अवस्था रहेको छ ।

जिल्ला निर्बाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले मतदाता नामावलीको टुङगो लागि सकिएको बताउदै मतदाता शिक्षा प्रशिक्षण कार्यक्रममा स्वयमसेबकहरु खटिई रहेको जानकारी दिए । उनले उम्मेद्धवार चयन गर्ने कार्य बैशाख १९ गतेबाट शुरु गर्ने वताए । व्यक्तिमा भएको निराशा भन्दा पनि देशको निराशा ठुलो भएको निर्बाचनमा पत्रकारको सुरक्षा बिषयक अन्र्तक्रिया कार्यक्रममा प्रशिक्षण दिदै प्रशिक्षक पत्रकार हस्त गुरुङले बताए ।
ऋजबत ऋयलखभचकबतष्यल भ्लम