राप्तीमा इतिहास निरन्तरताको खोजीमा एमाले

 
अनुज न्यौपाने

चितवन, १६ बैशख । स्थानीय तहको निर्वाचनको मिति नजिकिएपछि राप्ती नगरपालिकामा राजनीतिक दलहरुले निर्वाचनको चहलपहल सुरु गरेका छन् ।
चितवनको राप्ती नगरपालिकामा बैशाख ३१ गते पहिलो चरण मै निर्वाचन हुने भएपछि यहाँका राजनीतिक दलहरुले निर्वाचनको चहलपहल थालेका हुन् ।

नेकपा एमालेको पकड रहेको राप्ती नगरपालिकामा गएका संविधानसभा निर्वाचनमा जेपी भेट्वल देखी सुरेन्द्र पाण्डेले निर्वाचन जित्दै आएका छन । १३ वटा वडा रहेको राप्ती नगरपालिकामा यस पटक मुख्य गरी एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने दुवै दलले स्वीकार गरेका छन् । नेकपा माओवादी केन्द्र भने यस् नगरपालिकामा निकै कमजोर रहेको स्थानियबासीहरु बताउछन । निर्वाचनको मिति नजिकिएपछि एमालेले आफ्नो पुरानो पकडलाई कायम राख्न लागि परेको छ भने कांग्रेस आफ्नो कब्जा जमाउने पर्खाइमा छ ।

एमालेकै कब्जामा रहेको राप्ती नगरपालिका चितवनको क्षेत्र नम्बर १ मा पर्छ । गएका संविधानसभा निर्वाचनमा एमालेले मुख्य प्रतिस्पर्धी कांग्रेसलाई पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा पराजित गरेको थियो । पहिलो संविधानसभा निर्वाचनमा कडा प्रतिस्पर्धा भएको यस क्षेत्रमा दोस्रो निर्वाचनमा कांग्रेस झन आक्रमस तरिकाले उत्रिएको थियो । तर, यो स्थानीय तहको निर्वाचनमा नगरपालिकामा कांग्रेसले कब्जा जमाउने दाबी गरेको छ । दोस्रो संविधानसभाको भन्दा अहिले आफ्नो माहोल निकै राम्रो भएकोले यसपटक जित हुने नेपाली कांग्रेसकी नेत्री सशी महतोले दाबी गरिन । ‘हिजो के थियोभन्दा पनि अहिले हामी धेरै मजबुत भएका छौ,’ नेत्री महतोले भनिन ,’यस पटक कांग्रेसको जित हुन्छ ।’

पहिलो संविधानसभाको चुनाव र दोस्रो निर्वाचनमा विजयी भएको एमाले इतिहास निरन्तरताको खोजीमा छ । दोस्रो संविधानसभामा प्रभावशाली नेता सुरेन्द्र पाण्डेलाई कांग्रेस आक्रमक रुपले उत्रिएता पनि हराउन नसकेको भन्दै एमाले नेताहरुले स्थानीय तह निर्वाचनमा एमालेकै पल्ला भारी हुने दाबी गरेका छन् ।